• आज २०७७ साल आश्विन १६ गते शुक्रवार को राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ०४:५८

    आज – १६ आश्विन २०७७ शुक्रवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    छोटो दुरीको लाभदायक यात्रा हुनेछ । भौतिक सुख या वाहान सुखपनि मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउन सकछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ ।मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा सफलता र प्रभूत्त्व जमाउन सकिनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको कार्य पुरा हुनसक्छ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज लाभ,हानी, सुख,दुख वरावरी र मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रापनि हुनसक्छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रापनि हुनसक्छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु