दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सांसदमा मैनालीद्वारा बाटुली लामिछानेलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन १६ गते, शुक्रबार ९:२४

काठमाडौं । ३०अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।
बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत र विशेष अतिथि नुवाकोटबाटै निर्वाचित नेकपा सांसद बद्री मैनाली रहेका थिए ।


कार्यक्रममा ककनी गाउपालिका अध्यक्ष मानबहादुर लामा,उपाध्यक्ष सीता खतिवडा,वडा नम्वर ८ वडाध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी , रामहरी श्रेष्ठ, रामशरण भण्डारी, अरनिकाे टेलिभिजनका सगाेत्री आचार्य, डा .राम थापा, माेहन के.सी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशनको केन्द्रीय तर्दथ समितिकी अध्यक्ष भवानी दाहालकाे अध्यक्षातामा सम्पन्न कार्यक्रममा भयाे। कार्यक्रममा सांसद मैनालीले प्रदान गर्दै आउनुभयकाे आफ्नाे पारिश्रमिकबाट मासिक ५ हजारका दरले प्रदान गर्न बाँकी ६ महिनाको चेकमार्फत ३० हजार रूपैँया समेत प्रदान गरेका थिए ।

मैनालीले लामिछानेको उचित व्यवस्थापन र आवास निर्माणको लागि आफ्नाे प्रदेश सांसद पूर्वाधार कार्यक्रम अन्तर्गत कार्यविधि र नियमावली अनुरूप मिल्ने अवस्थामा आवास निर्माणका लागि फाउण्डेसनमार्फत १० लाख रूपैँया समेत उपलब्ध गराउने बताए ।
समाजसेवी मोहन केसीले लामिछानेको स्वास्थ्य उपचारकाे लागि २५ हजार रुपैयाँ चेक मार्फत प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु