• बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १५:३७

    काठमाडौ ।लोकप्रिय रेष्टुरेण्ट सञ्जाल बाजेको सेकुवाका “कर्पोरेट सेफ”का रुपमा विगत २२ बर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आइरहनु भएका “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित श्री कुमार चालिसे यहि आश्विन १५ गतेआवद्ध हुनुभएको छ ।

    बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै २०१३मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे
    “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित हुनुभएको थियो भने नेपालमा २०१७मा “उत्कृष्ट सेफ
    अवार्ड”बाट पनि सम्मानित हुनुभएको थियो । मौलिक नेपाली खानालाई विश्वमाझ परीचित गराउने
    लक्ष्य सहित उहांले विभिन्न देशहरु जस्तै जापान, मलेसीया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसीया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमण गर्नुभएको छ
    । उहाँंले अष्ट्रेलीया तथा स्विजरल्यान्डबाट विभिन्न तालिमहरु पनि लिनुभएको छ ।

    विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम,
    मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गर्नुभएका सेफ चालिसेले ”मल्टी कुजिन कुक बुक“, “खाना स्वच्छता किताब”, राष्ट्रिय पत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजन मार्फत थुप्रै सामाग्रीहरु पस्किसक्नुभएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले
    ग्राहकहरुको चहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु
    विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको हो। सेफ चालिसेलेआगामी
    फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्नुहुनेछ । यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।

    बाजेको सेकुवाको उत्तर अमेरीकी महादेशमा हाल भएका (न्यू योर्क र डालास) साथै आगामी
    फ्राञ्चाइजहरुमा कर्पोरेट सेफका रुपमा श्री सुरेन्द्र रायमाझी आबद्ध हुनुहुन्छ । दुवै सेफहरुको
    सहकार्यमा आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजहरु विस्तार हुने कम्पनीले जनाएको छ ।
    बाजेको सेकुवाले हाल भइरहेको विश्वव्यापी महामारी कोभिड १९लाई मध्यनजर गरी स्वच्छ खसीे,
    कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पु¥याउने उद्धेश्यले “बाजेको फ्रेस” साथै २४सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित “क्लाउड किचेन” सञ्चालनमा ल्याउन लागेको छ । यस्ता विस्तारीत व्यावसायहरुमा पनि सेफ चालिसे सक्रिय हुनुहुने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु