दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रदेश राजधानीको विषयले फेरी तात्यो बुटवल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन १६ गते, शुक्रबार १८:१५

बुटवल – प्राय विभिन्न आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ । अर्थात् कोरोना कहर र लकडाउनले करिब ७ महिनमा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ ।

यसअघि सरकारले कोरोना रोकथामा र नियन्त्रणका लागि १० अर्ब खर्च गरेको विषयमा सयौं युवाहरुले सडक र सामाजिक सञ्जालबाट विरोध गर्दै गर्मीयामा पनि थप गर्मागर्मी बनाएका थिए । प्रदेश ५ को स्थायी राजधानीका लागि दाङ प्रस्ताव गरेको विरोधमा बुटवलमा विरोध सुरु भएको हो ।शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आन्तिरक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी. ले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनीका लागि प्रस्ताव गरेका थिए । यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो ।

नेकपाका प्रदेश– ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहेका थिए । उनी पनि दाङकै स्थायी बासिन्दा हुन्। नेकपा महासचिव विष्णु पौडेल लगायतका नेता भने प्रदेश राजधानी बुटवललाई बनाउने पक्षमा थिए । कोरोना कहर र चाडपर्व नजिकिँदै गर्दा आफ्नै जीवनशैलीमा व्यस्त बुटवलबासी प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि एकाएक माहौल तातेको छ । धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया दिएका छन् । यसै क्रममा नेपाल बिद्यार्थी स‌ंघले भने विरोध स्वरुप नाराबाजी गर्दै टायर बालेको छ । प्रदेश सभा अगाडि महेन्द्र राजमार्गको बुटवल–नेपालगञ्ज सडकखण्डको प्रदेश सभा भवन प्रवेश गर्ने चोकमा उनीहरुले केहि समय नाराबाजी गर्दै टायर बालेका हुन् ।

विरोध गर्दै सडकमा उत्रिन थालेपछि प्रहरी प्रशासनले भने सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको छ । स्मरण रहोस् प्रदेश राजधानीको विषयलाई लिएर यस अगाडि बुटवलमा धेरै बहस चल्दै आएको छ भने पहाडी जिल्लालाई छुट्टाउने विषयमा धेरै विरोध र आन्दोलनहरु भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु