• गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार १७:५६

    काठमाडौं १७ असोज
    गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । यस गीतमा गायक कलाखेती आफैले शब्द, संगीत भरेका छन् ।

    गीतमा रिकेश गुरुङ्ले एरेन्ज गरेका भने विप्लव अधिकारीको मिक्सिङ् रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झिएका गायक कलाखेतीले आधा दर्जन बढी उत्कुष्ट गीतहरुमा आफ्नो स्वर दिसकेका छन् ।

    अहिले यस गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब छिट्टै नै गीतको म्यूजिक भिडियोको तयारीमा लाग्ने गायक कलाखेतीले बताए । यस गीत गायक कलाखेतीले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

    केही समय अघि मात्र गायक कलाखेतीले ‘मायालु आउने बाटोमा’ बोलको गीत उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक गरेका थिए । उक्त गीतलाई पनि दर्शक, श्रोताले निकै मन पराएका थिए ।

    हेर्नुहोस पूरा भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु