काठमाडौं,१८ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २२ सय ५३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १५ सय ९९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ७ सय ८४ जनाको पिसीआर परिक्षणमा २२ सय ५३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।