कोभिड १९ मा त्रिभवन विश्वविद्यालयको सक्रियता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन १८ गते, आईतवार १७:५२

काठमाडौ ।त्रिभुवन विश्वविद्यालयले कोभिड १९ ले स्वास्थ्य,शिक्षा,अर्थतन्त्र एवम् समाजको विविधविधामा पारेको असरहरुको वारेमा अनुसन्धानमुलक जर्नल प्रकाशित गरेको छ । त्रिवि सभाको बैठक लगत्तै आयोजित जर्नल विमोचन कार्यक्रमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री एवम् त्रिविका सहकुलपतिगिरिराजमणि पोखरेलले उक्त जर्नलको अनलाइनप्रविधीको माध्यमवाट बिमोचन गर्नुभएको हो । त्रिवि अनुसन्धान केन्द्र द्धारा प्रकाशित उक्त जर्नलमा कोभिड १९का बारेका अनुसन्धानमुलक सामग्रीहरु उपलब्ध छन् ।

त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को संक्रमणको जटिल परिस्थितिमा शैक्षिकएवम् जनस्वास्थ्यको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिकानिर्वाह गरेको छ। विश्वव्यापी जटिलताको विषम परिस्थितिमाविश्वविद्यालयले आफुलाई जिवन्ततुल्याई शैक्षिकएवम् स्वास्थ्यका क्षेत्रमाआफ्नो विज्ञताको प्रयोग गर्दै स्वास्थ्य सम्वन्धी अनुसन्धान,स्वास्थ्य सेवा,विज्ञ परामर्श,विद्युतीय माध्यमको नीतिगत कार्यान्वय नगर्दै शिक्षण सिकाईलाई प्रविधीमैत्रीबनाउने कार्यमा नेतृत्वदायीभूमिका निर्वाह गरेको छ । २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिप्रा.डा धर्मकान्त बास्कोटाले सरकारलाई आधिकारिक पत्राचार गर्दै विश्वविद्यालयको भौतिक सम्पति,उपकरण,विज्ञजनशक्तिलाई कोेभिड १९ विरुद्धको प्रयोजनका लागी उपयोग गर्न सकिने संस्थागत जानकारी गराउनुभएको थियो ।

कोभिड १९ को संक्रमण विस्तारित हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले तत्काल निर्णय गरी आंगिक क्याम्पसहरुलाई क्यारेन्टाइन रआइसोलेसन केन्द्रको रुपमाप्रयोग गर्ने निर्णय गरेको थियो । यसैगरी त्रिविको विशेष अग्रसरतामा शिक्षण अस्पताल महाराजगञ्ज, कीर्तिपुर र सुर्खेतमा पिसिआर मेसिन जडान गरी स्वास्थ्य परिक्षण समेत गरिएको थियो । नेपाल सरकारसँगको समन्वय एवम् सहकार्यमात्रि.वि शिक्षण अस्पतालको हाडर्जोनी र नाक,कान, घाँटी वार्डलाई खाली गराई आइसियु सहितको कोभिड अस्पतालको रुपमा सेवाउपलब्ध गराउन पदाधिकारी सहितको पहलले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

कोडिड १९ विरुद्धको लडाईमा त्रिभवन विश्वविद्यालयका स्वास्थ्यकर्मी र कर्मचारीहरुले अग्रस्थानमा रही सेवाप्रदानगर्न सक्षम भएका छन । करिव २ सयजना स्वास्थ्यकर्मीहरु आफै संक्रमितभएरपनि स्वास्थ्यसेवामानिरन्तर क्रियाशिल रहेका छन् । साथै विश्वविद्यालयको स्वास्थ्यविज्ञहरुले देशभरी कोभिड १९ प्रयोगशालानिर्माण र विस्तारमा अग्रणी भूमिकानिर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षितबनाउनयोगदानगरिरहेका छन् ।

त्रिभुवनविश्वविद्यालयले कोभिड संक्रमणको चुनौतिपूर्ण परिस्थितिमा समेत शैक्षिकगतिविधीलाई जिवन्त राख्दै आफुलाई समयानुकुल परिवर्तनगर्न अध्ययनअध्यापनको वैकल्पिकविधिआत्मसात गरेको छ । सामाजिक दुरीको प्रयाग गरी घरवाटै कक्षालिने परिस्थितिको निर्माण गरी अनलाइनकक्षालाई व्यवस्थित गर्नएन आरइएन भन्ने संस्थासँग सहकार्यमा जुमप्रविधिको निशुल्क १७५ लाइसेन्स तत्काल उपलब्ध गराई शिक्षण सिकाई प्रारम्भ गरिएको छ । शिक्षाको अन्तराष्ट्रियकरणको महत्वपूर्ण उपलब्धीहरुबाटसिक्दै त्रिविले माइक्रोसफ्ट टिमसँग पाँचलाखलाइसेन्सलिएर शिक्षक, कर्मचारी र विद्यार्थीहरुको इमेल बनाई कक्षालाई थप व्यवस्थित गरेको छ ।

आधुनिकप्रविधिको माध्यमवाट शिक्षण सिकाई प्रक्रियामाजाननितिगत निर्णय गर्नुका साथै सूचनाप्रविधीको पहुँचलाई सम्र्पूण क्याम्पस एवम् निकायहरुमापुयाउन केन्द्रीय स्तरमा सूचनाप्रविधिनवप्रवर्तन केन्द्रको स्थापनाभएको छ । विश्वविद्यालयको सम्पूर्ण निकायहरुलाई एउटै डोमेन माव्यवस्थितगर्न सवै १३० भन्दा वढि निकायहरुको सवडोमेन निर्माण गर्ने कामले सफलताप्राप्तगरिसकेको छ । विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रविधीमैत्रीबनाई विद्युती यमाध्याममा सलग्नगर्न ५ हजार शिक्षक र ५ सयन्दा बढी कर्मचारीहरुलाई अनलाइनकक्षा सञ्चालनको तालिमउपलब्धगराएको छ ।
त्रिभुवनविश्वविद्यालयका सम्पूर्ण शैक्षिकप्रशासनिकएवम् अनुसन्धानमुलक गतिबिधिका बारेमा त्रिविले उपलब्ध गराएको आधिकारिक इमेल मार्फत पत्रचार गरी सवैलाई विद्युतियमाध्यममा आवद्ध गराउने कामको शुरुवातभएको छ। अफिस अटोमेटस सफ्टवेयरको माध्यमवाट विश्वविद्यालयकाआन्तरिक प्रशासनिकक्रियाकलापलाई अटोमेशनगर्ने काम अघि वढिरहेको छ ।

विश्वविद्यालयका सम्पूर्ण निकायहरुमाप्रविधीको पहुँचलाई विस्तार गर्दै सवल,समक्षबनाउन विश्वविद्यालय अनुदानअयोगको पहलमाप्राप्त रकमको पहिलो किस्ता सम्पूर्ण शैक्षिकनिकायहरुलाई उपलब्ध गराइएको छ ।
कोभिड १९ को संक्रमणका कारण भौतिकदुरी कायम गरी स्वास्थ्यसम्वन्धी नेपालसरकार द्धारा जारी आचारसंहिताहरुलाई कार्यान्वयनगर्नत्रिभुवनविश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा रहेको अनलाइन सामग्रीहरु विश्वविद्यालयकाविद्यार्थी,शिक्षक र कर्मचारीहरुले आधिकारिक इमेलको प्रयोगगरी उपयोग गर्नसक्ने व्यवस्थागरिएको छ ।

कोभिड लगायत स्वास्थ्यसम्बन्धीअन्यविषयमा अनुसन्धानगर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद र त्रिभुवनविश्वविद्यालयबीच संझौताभई कार्य अगाडि बढेको छ । स्कुलअफ मेनेज्मेन्ट र श्रम तथा रोजगार मन्त्रालयको संयुक्तपहलमाप्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारिता र संभावनाविषयमा अनुसन्धानभएको छ । अर्थशास्त्र केन्द्रीयविभाग र नीति अनुसन्धान प्रतिष्ठानको संयुक्तपहलमा कोभिड १९को आर्थिक प्रभावको विषयमा अनुसन्धानभएको छ । त्रि.वि. अनुसन्धान केन्द्रबाट कोभिड विशेष जर्नल प्रकाशनभएको छ ।रिकाष्टबाट कोभिडविशेष जर्नलको रुपमा“आस्था जर्नल”प्रकाशनभएको छ ।

विश्वविद्यालयकाशिक्षककर्मचारीलाई दिइने तालिमकाअतिरिक्तमानविकीतथा सामाजिकशास्त्र संकाय, संकट व्यवस्थापनकार्यक्रम, युएनडीपी र संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयको सहकार्यमा स्थानीयनिकायका८० निकायकाप्रमुख, उपप्रमुखलाई संकटकालमा नेतृत्व र निर्णय क्षमताविकाससम्बन्धीतालिम समेत सम्पन्न गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु