• कांग्रेस नेता नेकपामा प्रवेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १८:०१

    काठमाडौं । नुवाकोटबाट निर्वाचित प्रदेशसभाका नेकपाका सांसद् बद्री मैनालीको सक्रियतामा नुवाकोटका कांग्रेस नेता नेकपामा प्रवेश गरेका छन् ।
    पार्टी प्रवेश गरेकालाई मैनालीले खादा ओढाई बधाई तथा स्वागत गरेका थिए । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्वर २ बोरे निवासी नेपाली कांग्रेसका स्थानीय नेता थल बहादुर अधिकारी (बद्री) र वडा नम्बर ४ बेल्डाँडा निवासी चरीमाया तामाङ आज नेकपा प्रवेश गरेका हुन् ।
    उनीहरु दुवैले नेपाली कांग्रेस परित्याग गरेका हुन् । पार्टी प्रवेश गराउँदै सांसद् मैनालीले उहाँहरुको प्रवेशले पार्टीमा उत्साह थपिएको बताए । उनले नवप्रवेशीलाई पार्टीमा रहेर काम गर्ने अवसर दिने र उचित सम्मान गर्ने पनि जनाएका छन् ।
    कार्यक्रममा गाउँपालिकाका नेकपा अध्यक्ष राजेन्द्र रिजाल, नेता ऋषिश्वर भट्टराईलगायतको उपस्थिति रहेको मा.बद्री मैनाली को स्वकीय सचिव दिपक कार्की जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु