• चलचित्र ‘लिली’ को टिजर सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १२:५०

    काठमाडौ ।चलचित्र ‘लिली’ को टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित सिनेमाको टिजरमा मुख्य कलाकार कपिल मगर, सरु तामाङ , बिबेश श्रेष्ठ, भावना पाण्डेलाई स्थान दिइएको छ ।

    मनसुुुधा मिडिया प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘लिली’ का निर्देशक भरत लामा हुन् । टिजर निर्देशक भरत लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

    रिया अधिकारीको फिल्ममा स्क्रिप्ट रहेको छ। फिल्मका निर्माता बिकाश स्याङतान हुन् । फिल्ममा युबिन श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। फिल्मलाई निर्देशक लामाले नै सम्पादन गरेका छन् ।

    पारिवारिक प्रेम र सफल जीवनको लागि गरिने उतार चढावलाई फिल्ममा मुख्य बनाइएको निर्देशक लामाले बताए। अवस्था सामान्य भएपछि फिल्म प्रीमियर शो र सिनेमा हलमा लाग्ने निर्माण टिमले जनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु