• नेपाल क्रेट उत्पादक संघको दोश्रो साधारणसभा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १४:५३

    भरतपुर ।चितवन उद्योग संघको वस्तुगत सदस्य नेपाल क्रेट उत्पादक संघको दोश्रो साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
    नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणी भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो भने, संघका उपाध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि कँडेलले क्रेट उत्पादक उद्योगीहरु एकजुट भएर संस्थासँगै आफ्नो उद्योगलाई प्रबर्धन गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले क्रेट उत्पादकका समस्याहरुलाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो ।
    संघका अध्यक्ष दण्डपाणी भट्टले पेश गर्नुभएको बार्षिक प्रगति प्रतिवेदनका बारेमा छलफल निर्णय समेत गरिएको थियो ।
    अधिवेशनले मुन्ना पाण्डे (अमन)को संयोजकत्वमा ५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवनिर्वाचित समितिको सदस्यहरुमा दयानीधि अर्याल, सुवास अर्याल, राज बराल, सुदन पौडेल रहनुभएको छ । अधिवेशनले आवश्यक थप सदस्यहरु चयन गर्ने जिम्मा समेत वर्तमान समितिलाई दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु