• सञ्चारकर्मी रघुनाथ सापकोटाले फिल्म निर्माण घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार ०६:३४

    काठमाडौं ।लकडाउनले सिथिल भएको फिल्म उघोगमा बिस्तारै आशाका किरणहरु देखिन थालेकाछन् । सरकारले छायँकन अनुमती दिने आशामा धमाधम फिल्म निर्माण घोषणा हुन थालेका छन् ।

    यसै सिलसिलामा सञ्चारकर्मी रघुनाथ सापकोटाले फिल्म निर्माण घोषणा गरेका छन् । उनले निर्माण गर्ने फिल्ममा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरीएको छ । फिल्मको कथामा न्याय गर्नसक्ने कलाकार भएकोले नाजिरलाई मुख्य भुमिकामा अनुबन्धित गरेको निर्माता सापकोटाले जानकारी दिए ।

    सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मामा यम थापाको संवाद तथा पटकथां रहेको छ । निर्माता सापकोटाको अनुसार, फिल्म सामाजिक कथावस्तुमा आधारीत भएर निर्माण हुनेछ । सोमबार नाजिरसँग कागजी सम्झैता गरेका उनले चाँडै मुख्य अभिनेत्रीको पनि टुङ्गो लगाउने जानकारी दिए ।

    निर्माता सापकोटाले फिल्मी फण्डालाई जानकारी दिदै भने ‘हामी अहिले फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छौं । फिल्मको कथामाथि थप मेहनत गरीरहेका छौं’ । उनले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई कथाको माध्यामबाट पर्दामा उतार्न कुनै कसुर बाँकि नराख्ने बताए ।

    आउँदो फागुनबाट छायँकनमा जाने फिल्मलाई काठमाण्डौ लगायतका विभिन्न ठाँउमा छायँकन गरीनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु