हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • विपन्न समुदायलाई कार्कीद्धारा खाधान्न सामाग्री सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १७:५१

    चितवन । चितवनको कालिका नगरपालिका क्षेत्रमा बसोवास गर्ने विपन्न समुदायलाई आज खाधान्न सामाग्री सहयोग गरिएको छ ।

    चितवन कालिका नगरपालिका वडा नम्वर १ लंकालाईन घर भई हाल भारतीय सेनामा कार्यरत अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी रमेश कार्कीको आर्थिक सहयोगमा आज कालिका नगरपालिका भित्र वसोवास गर्ने ६२ परिवारलाई खाध्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक एवं सञ्चारकर्मी केशव तिवारीले वताए ।

    कोरोनाको कारण देशमा भएको बन्दाबन्दीले खाद्य संकट पर्न थालेका अति बिपन्न समुदायका परिवारहरु खाद्यान्न सहयोग गर्न पाउदा खुशी लागेको रमेशकी श्रीमती चाँदनी कार्कीले वताईन ।

    खाध्य सामाग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका ५ का वडाअध्यक्ष जियन महत्तो , कालिका नगरपालिका १० का वडा सदस्य महेन्द्र चेपाङ , दिपक कार्की लगायत कार्की परिवारका सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित बिपन्न समुदायका ब्यक्तिहरुले चाडवाडको समयमा राज्यले हेर्नुपर्ने भएपनी कुनै वास्ता नगर्दा दु:ख लागेको बताएका छ्न।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु