• नेत्रहीन युवा संघ नेपाल द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार २०:०६
    किशोर आचार्य, बुटवल- नेत्रहिन युवा संघ रुपन्देहीले स्वरोजगार गरी आत्मनिर्भर बन्दै आएका नेत्रहिन लगायत विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई मङ्गलवार र बुधवार दुई दिन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मंगलबार सस्थाले उजेला पुर मा अवस्थित लुम्बिनी अपाङ्ग अनाथ आश्रयमा २५ जनालाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो भने, बुधबार बुटवल-१३ नया गाउँ जबैमा रहेको रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
    आश्रममा रहेर स्व रोजगार मुलक व्यवसाय अगरवत्तीको प्याकिङ्ग एवं फिनायल उत्पादन गरि विक्रि वितरण गर्दै आएका दृस्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार १४ जना स्वरोजगार व्यवसाय गर्दै आएका व्यक्तिहरुलाइ माक्स, स्यानेटाईजर, ग्लब्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । पहिले सडक संगीतको काम गर्दै आएका उनीहरुले हाल कोभिडको कारण अगरवत्तीको प्याकिङ्ग गर्ने एवं फिनायल बनाएर विक्रि वितरण गर्दै आएका छन् । विक्रि वितरणका लागि घर-घरमा जाने क्रममा कोरोनाको जोखिम न्युनीकरण होस भन्ने हेतुले स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनु भयो ।
    आश्रमको अध्यक्ष, पदम बहादुर नेपालीले आय-आर्जनको बाटो परिवर्तन भएको जानकारी दिदै, आफुहरुले बनाएका सामाग्रीहरु बिक्री वितरणको लागि डिपो बनाइ बजारी करणमा सहयोग गर्न स्थानिय तह तथा प्रदेश सरकार संघ माग गर्नु भएको थियो । उत्पादन गरेको सामाग्री विक्री तथा वितरण गर्ने क्रममा भएको कठिनाइ र आफूले भोग्नु परेको दुर्व्यवहारको बारेमा गुनासो सुनाउदै, सामाग्री बिक्रीका लागि घर-घरमा जादा सोचे जस्तो बिक्री नहुने, माग्नेको जस्तो व्यवहार गर्ने गरेको तर आफू परिश्रम गरेर सामान बनाउने एवं बिक्री वितरण गर्ने हुदा हाम्रो सामान खरिद गरिदिनु हुन र माग्ने को जस्तो व्यवहार नगरिदिनु हुन समेत आग्रह गर्नु भएको थियो ।
    नेपाल नेत्रहिन संघ रुपन्देही शाखा, श्रवण दृष्टिविहिन परियोजनाका संयोजक प्रेम आचार्य, नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल, रुपन्देही नेत्रहीन संघ का सदस्य पुर्ण बहादुर थापा लगायतले स्वास्थ्य नै ठूलो धन भएको भन्दै, कोभिड-१९(कोरोना) बाट पूर्व सावधानी अपनाएर काम गर्नको लागि आग्रह गर्नु भएको थियो ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु