दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईश्वर थापाको नयाँ नेपाली गीतको भिडियो क्यानडावाट सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २५ गते, आईतवार १३:०२

काठमाडौं। क्यानडामा एक पछि अर्को गीतको भिडियो निर्माण तथा निर्देशन गर्दैआएका अग्रज नेपाली अभिनेता ईश्वर थापाको निर्माण तथा निर्देशनमा नयाँ गीतको भिडियो क्यानडावाटै सार्वजनिक भएको छ। ड्रिम्स गेट इन्टरटेन्टमेन्ट क्यानडा च्यानलवाट नयाँ गीतको भिडियो आँखामा बस्यौ सार्वजनिक भएको हो। क्यानडाको मनमोहक स्थानमा छायाँकन भएको उक्त गीतको भिडियोमा उद्धब मौसम तथा अंकिता कंडेलको स्वभाविक अभिनय रहेको छ। गायन प्रताप दास र प्रविशा अधिकारीको रहेको छ। संगीत राजेश थापाले दिएका छन्। गीत लेखन राजेश थापा र विपिन किरणले संयुक्त रुपमा गरेका हुन्। प्रदीप श्रेष्ठको एरेञ्ज, रदीप श्रेष्ठको मिक्सिङ र रेकर्डिङ रहेको छ। किरण कौरको मेकअप तथा गोविन्द नेपालको प्राविधिक सहयोग निर्माण भएको आँखामा बस्यौ गीतको भिडियोको छायाँकन, ड्रोन, निर्देशन तथा सम्पादन ईश्वर थापाको रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु