दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजदूत सुवेदीको आफ्नै रचना रहेको ‘दुख्ने मुटु’ बोलको गीतमा सुवेदी दम्पतिको अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २५ गते, आईतवार १६:३५

काठमाडौ ।बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र राजदूतपत्नी पुनम सुवेदीद्वारा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राजदूत सुवेदीको आफ्नै रचना रहेको ‘दुख्ने मुटु’ बोलको गीतमा सुवेदी दम्पतिले अभिनय गरेका हुन् । यस गीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज छ ।
भिडियोमा खुलेरै अभिनय गरेका राजदूत दम्पति प्रमुख भूमिकामा देखिएका छन् ।

भिडियोमा नायक ध्रुव दत्त र नायिका मिरुना मगरका साथै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय देख्न सकिन्छ ।
डा दुबसु क्षेत्री नेश्नल डेभलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो । जसमा सञ्चारकर्मी एवम् निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ ।
भिडियोमा ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क लगायत लण्डनका प्रमुख स्थानका दृश्यहरु कैद छन् । निर्देशक श्रेष्ठले राजदूत दम्पतिसहितको अभिनयमा म्यूजिक भिडियो बनाउंदा फरक अनुभव भएको सुनाए ।
‘मैले यो म्यूजिक भिडियोलाई एउटा सामान्य कामका रुपमा मात्रै नभएर अवसरका रुपमा लिएको छु’, बेलायतमै तीन दर्जन म्यूजिक भिडियोको निर्माण तथा निर्देशन गरेका श्रेष्ठले भने,‘कूटनीतिक व्यक्तित्वलाई अभिनय गराएर पर्दामा उतार्ने काम सजिलो हुंदैन कि भन्ने थियो । तर उहाँहरुले उत्कृष्ट काम गर्नुभएकोले खासै अफ्टेरो परेन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु