• राप्रपाको केन्द्रीय सदस्यमा राउत मनोनित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १७:४२

    काठमाडौं,असोज २५ ।
    राष्ट्रिय प्रजातन्त्रीक ट्रेड युनियन महासघं नेपालका महासचिव तथा सामाजिक अभियान्ता कृष्ण बहादुर राउत राप्रपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ। राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ।

    राप्रपाको केन्द्रीय सदस्यमा मनोनित राउत सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका -४ राउत गाउँमा जन्मनु भई हाल काठमाडौ जिल्ला टोखा नगरपालिका-८ निवासी दर्जनौ संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहदै आउनुभएको छ।

    राउत क्षेत्री सेवा समाज नेपालका केन्द्रिय उपाध्यक्ष,बिकास प्रेमी युवा नेता कृष्ण बहादुर राउत केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोमा न्युजलाइन्स मिडिया नेटवर्क प्रा.लि.तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु