आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • थिरजको दासीमा जोन र उर्मिलाको रोमान्स

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०६:५३

    काठमाडौं । गायक थिरज राईले एकपछि अर्को म्युजिक भिडियो दर्शक÷श्रोतामाझ ल्याउन थालेका छन्् । उनको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम मिडियाले शनिबार साँझ युट्युबमार्फत सार्वजनिक गरेको छ ।
    निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराएका छन् । यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ । गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए ।
    यो गजल आफ्नो उनको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’मा समेटिएको थियो । उक्त एल्बम केही वर्षअघि नै बजारमा आए पनि यसको भिडियो बल्ल ल्याउन सकेको उनले सुनाए । ‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ । दर्शक÷श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’
    उनले हालै ‘उदासी’ बोल गीतको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो । निर्देशक राईले स्रष्टाहरूको ट्यालेन्टलाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक÷श्रोतासमक्ष आग्रह गरे । यो भिडियोको पोस्ट प्रोडक्सनको काम रेन्बो रेज मिडियाले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु