• समस्या समाधान गर्ने कार्यमा चन्द्रगिरीमै अग्रपंक्तिमा देखिदै प्रधान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०७:००

    काठमाण्डौं । कोरोना भाइरसले अहिले मुलुक आक्रान्त भैरहेका बेला चन्द्रगिरीका देवेन्द्र प्रधान नेतृत्वको समूहले सामाजिक भावनाले विभिन्न स्थानमा स्वास्थ्य सामग्री निशुल्क उपलब्ध गराउदै आएका छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाका समाजसेवी,लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाका सस्थापक अध्यक्ष समेत रहेका देवेन्द्र प्रधान,रामनारायण घिमिरे, माधव अधिकारी र रोशन दानीले बिद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनीहरुले श्रीकृष्ण माबि दहचोकलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । उक्त स्वास्थ्य सामग्री बिद्यालयका प्रधानाध्यापक बलराम कार्कीलाई हस्तान्तरण गरिएको प्रधानले बताएका छन्। समाजसेवीहरुले बिद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेकोमा प्रधानाध्यापक कार्कीले आभार ब्यक्त गरेका थिए ।

    समाजसेवी प्रधानले सामाजिक उत्तरदायित्व सम्झिएर बिद्यालयलाई सहयोग गरेको बताएका थिए । उनले यस अघि पनि आफ्नो जन्मदिन पश्चात समाजमा भएका विभिन्न समस्या समाधान गर्ने कार्यमा चन्द्रगिरीमै अग्रपंक्तिमा देखिदै गएका छन् । उनले चन्द्रागिरीका केहि बिद्यालयहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको जानकारी पनि दिएका थिए । प्रधानले एक महिनाभित्र स्वास्थ्य सहयोग सम्बन्धी चारबटा कार्यक्रम गरेका पनि जानकारी दिए । उक्त अवसरमा मास्क, सावुन,सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु