• टियारा फेशन आइकनको उपाधि प्रेसिलालाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०६:४२

    भरतपुर। टियारा इन्टरटेमेण्टको प्रस्तुति फेशन आइकन २०२० को उपाधि प्रेसिला क्षेत्रीले हात पारेकी छिन् ।
    भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा ६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै क्षेत्रीले उपाधि हात पारेकी हुन् । त्यस्तै कृत्रिका चौधरी फष्ट रनरअफ र बिसु सापकोटा सेकेण्ड रनरअफ भएका छन् ।
    करीब १ महिना लामो टेनिङ पश्चात सम्पन्न फाइनल प्रतियोगितामा युवा समाजसेवी उज्वल के.सी.प्रमुख अतिथि रहनुएको थियो । प्रतियोगितामा युवा व्यवसायी राकेशमान श्रेष्ठ, सञ्चारकर्मी राजु भट्ट, टियारा मिस टिन नेपालकी बिजेता सेलिन प्रजापति निर्णायकको भूमिका रहनुभएको थियो ।


    प्रतियोगिता अन्तर्गत बिसु सापकोटाले वेष्ट डेस, कृत्रिका चौधरीले मोस्ट ट्यालेन्ट, प्रतिज्ञा भण्डारीले मिस व्यूटीफूल, प्रेसिला क्षेत्रीले वेष्ट वाक, स्मृति अधिकारीले भ्युअर चवाइस र साहिरा मियाले वेष्ट व्यूटीफूल ब्रेनको अवार्ड हात पारेका थिए । उनीहरुलाई टियारा इन्टरटेमेण्टकी सिईओ सिर्जना क्षेत्री, प्रमुख अतिथि एवं निर्णायकहरुले पालैपालो अवार्ड प्रदान गरेका थिए ।
    प्रतियोगितामा सहभागी प्रतियोगिहरुले विभिन्न राउण्डहरुमा प्रयोग गरेका डेसहरुलाई डे«स डिजाइनर सपना तिवारीले तयार गर्नुभएको थियो । कार्यक्रमलाई आरजु अधिकारी र सेलिना बानियाँले कोरियोग्राफर गरेका थिए भने पिक्सेल प्यालेस स्टुडियोले छायाँकन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु