• लकडाउनको सदुपयोग, गोमाको कौसी खेती

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार ०८:२५

    कोरोना रोकथामका लागी लकडाउन,निशेधाज्ञा लागु भएसंगै मानिसहरु घरमै बस्न बाध्य भए । घरमा दिन बिताउनका लागि घरको छतमा कतै खाली गमलामा ठाउँमा तरकारी लगाउने थाले । लकडाउन लागु भएसंगै ललितपुर वडा नं १४ शोभाहिटि बस्ने ४९ वार्षिय गोमा देवी बजगाईले कौशीमा बिभिन्न तरकारी लगाइन् ।

    उनले घरको काैसीमा ठाउँ अनुसार काम नलाग्ने भाँडा,गमलामा बिरुवाहरू रोपीन् । समयम बिताउनका लागि उनले कौशी खेती शुरु गरेकी थिए ।अहिले कौशीमा बिभिन्न तरकारीहरु फलेका छन् ।
    यसरी तरकारी फलाउँदा ताजा खान पाइने उनले बताइन् । अर्को रमाइलो लाग्ने पक्ष भनेको भान्साबाट निस्कने फोहोरले नै तरकारी फलाउन मलको काम गरेको छ । आफैले तरकारी रोप्दा विषादीरहित एवं गुणस्तर हुने रहेछ’।

    काठमाडौं महानगर पालिकामा जागिरे गोमा लकडाउनका कारण घरमै बस्ने बाध्यताका कारण पनि कौशी खेतीमा चासो बढ्दै गएको हो।

    सानो ठाउँमा आफ्नो आवश्यकतानुसार यो खेती गर्न सकिन्छ । व्यस्त समय त्यसमाथि पनि बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएकाले अर्गानिक तरकारी खाने रुचिले आफ्नै घरमा खेती गर्ने चलन दिनहुँ बढाउनु पर्ने उनि जोड दिन्छन् ।

    उनले भनिन्–‘

    कौसीमा रोपेको तरकारीले उनलाई खान त पुग्दैन। तर केही मात्रामा राहत भने मिलेको छ । बजारबाट ल्याइने तरकारी र मैले फलाएको तरकारीको स्वाद निकै फरक हुने उनले अनुभव सुनाइन् ।अहिले उनलाई अर्गानिक र विषादीरहित तरकारी खान कौसी खेती नै उत्तम लाग्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु