• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १२:५०

    काठमाडौँ, २८ असोज: सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।-मेरोलगानी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु