ढिला नगरौँ
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
ढिला नगरौँ
रोजगारी घर घर उत्पादन आफ्नै
संपन्नता समाजको खुशीयाली आफ्नै
छुन्नौ अब बिषदी यो स्वास्थ्य खराव हुन्छ
प्रांगारिक उत्पादनले संसार यो भर्छ
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
ढिला नगरौँ
श्रोत साधन आठ हाम्रै प्रयोगमा ल्याउँ
जल,जमिन, जंगल र जडिबुटी खोजौ
जराजुरी जलवायु जनावर फेरी
जनशक्ति परिचालन गरौ ठाउँ हेरी
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
ढिला नगरौँ
हिमालको काख मनि गुराशको घारी
सतिशाल बुकि सिमल धर्तिको हो सारी
डाँफे मृग जुरेलीको फुर फुर नाच
कोईलीको को हो को हो हृदयमै साँच
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
अब ढिला नगरौँ
एकजूट ताकतले नमूना भो गाउँ
कोही दुःखी हुने छैन आफ्नै चल्छ नाउँ
भैगो अव विर्सिदेउ विदेशीको धुन
आफ्नै लोक सांस्कृतिले भरिन्छ यो मन
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
ढिला नगरौँ
बुद्धको हो भूमि हाम्रो गम्किएको सान
शान्ति क्षेत्र नेपाल को संसारमा मान
तराई पहाड हिमालले सिगारियो देश
ओक्राल्याण्ड कार्यक्रम लागू गर्नु बेश
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
अब ढिला नगरौँ
देश अब साच्चै पनि संम्बृद्ध नै हुन्छ
संसारमा धनि हुन्छौ कस्ले दुःख दिन्छ
विशाल छ नेपाल यो संसारको छानो
सूवर्णको च्यादरले हिमाल छ रानो
ढिला नगरौँ अब
ढिला नगरौँ
ओक्राल्याण्ड आई सक्यो
ढिला नगरौँ
बाबाधामको कोसेली २९ आश्विन २०७७
शिव अधिकारी
ओक्राल्याण्ड अभियान