एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

शताक्षीले बेलायतका लागि शुक्रबार भर्चुअल इन्फरमेशन सेशन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २९ गते, बिहीबार १६:०६

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको शताक्षी एजुकेशनल फाउण्डेसनले बेलायतको युनिभर्सिटी अफ चेस्टरमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको सुविधाका लागि भर्चुअल इन्फरमेशन सेसन गर्ने भएको छ ।
फाउण्डेसनका प्रवन्ध निर्देशक उमेश ढुंगेलका अनुसार ३० गते शुक्रबार नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि ४ बजेसम्म सेसन हुने छ । प्रवन्ध निर्देशक ढुंगेलले सेसनमा विद्यार्थीलाई सहभागी हुन अनुरोध गरेका छन् । जसका लागि ०१–४४४३७८२, ९८१८०५९८७६ वा ९८५१००२५५९ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । ‘यो सेसन विद्यार्थीका लागि निकै फलदायी हुनेछ त्यसैले यो असहज अवस्थाका बीच पनि कार्यक्रम आयोजना गरेका हौं’ ढुंगेलले भने ‘ युनिभर्सिटी अफ चेस्टर बेलायतको उत्कृष्ठ कलेज हो त्यसैले पनि हामीले विशेष पहल गरेका हौं ।’ सेशनमा विद्यार्थीले युनिभर्सिटीको बारेमा, कोर्षको सम्वन्धमा साथै अन्य सबै खालका जानकारी पाउने छन् ।
शताक्षीले १४ वर्षअघिबाट विदेशमा अध्ययन गर्न चाहने र जाने विद्यार्थीका लागि उपयुक्त र सही सल्लाह दिँदै आएको छ । १० देशका ३ सय ५० भन्दा बढी विश्वविद्यालयसँग मिलेर सहकार्य गर्दै आएको शताक्षीले अध्ययनका क्रममा विद्यार्थीलाई केही समस्या परे तत्काल समाधान पनि खोज्दै आएको छ । अनलाइन काउन्सिलिङ, टेलिफोन सम्वादका साथै अन्य प्रविधि प्रयोग गरी उसले विद्यार्थी र अभिभावकलाई सही सूचना पनि दिने गरेको छ । ‘विद्यार्थी पठाउँदैमा मात्र हाम्रो जिम्मेवारी सकिँदैन, उ कहाँ गएको छ र कसरी के के पढ्दैछ भन्नेमा पनि हाम्रो चासो रहन्छ’ प्रवन्ध निर्देशक ढुंगेलले भने ‘कहिलेकाँही हतारमा विद्यार्थी जाने र त्यतिबेला पर्याप्त इन्फरमेशन पनि नलिने भएकाले भने कहिलेकाँही समस्या परेको छ तर कुनै पनि निर्णय हतारमा गर्नु राम्रो होइन ।’
सेशनमा युनिभर्सिटीकी इन्टरनेशनल अफिसर इला सिद्धिकीसँग विद्यार्थीले भर्चुअच संवाद गर्न पाउने छन् । यो युनिभर्सिटीमा ३ सय भन्दा बढी कोर्षमा गुणस्तरीय पढाई हुँदै आएको छ । सन् १८३९ देखि युनिभर्सिटीले विद्यार्थी पढाउँदै आएको हो । सन् २०२० मा स्टुडेन्ट क्राउडले गरेको एक अध्ययनमा चेस्टर युनिभर्सिटी बेलायतको उत्कृष्ट २० मध्ये परेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थी पढ्ने हिसावले यो बेलायतकै दोस्रो नम्बरमा पर्दछ ।
चेस्टर युनिभर्सिटीका क्विन्स पार्क, पार्केट रोड, रिभर साइड क्याम्पस चेस्टर, किंग्स वे क्याम्पसलगायतका अन्य क्याम्पस पनि छन् । जहाँ विद्यार्थीले विभिन्न विषयमा विषयगत शिक्षा पाउँछन् । ढुंगेलले त्यहाँको शैक्षिक, आवास, खानपीनलगायतको उत्कृष्ट वातावरण र विद्यार्थीमैत्री क्रियाकलाप हुने गरेको पनि स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु