• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ३७ ४९ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १६:३७

    काठमाडौं,  २९ असोज । नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् ।

    योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार  ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

    आजसम्म ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । आज ३५६४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु