दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सांसद् मैनालीले पूरा गरे प्रतिबद्धता, बाटुली लामिछाने बाला फाउण्डेशनलाई १० लाख रुपियाँ सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २९ गते, बिहीबार १७:५६

काठमाडौं । नुवाकोटको १ (ख)बाट निर्वाचिन नेकपाका प्रदेश सांसद् बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेशन बृद्धाश्रम भवन निर्माणका लागि १० लाख रुपिँया सहयोग गरेका छन् ।
सांसद् मैनालीले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका सबै योजना सार्वजनिक गर्ने क्रममा यस्तो जनाएका छन् । उनले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यो योजना पनि समावेश गरेका हुन् । बाटुली १ सय १८ वर्षमा प्रवेश गरेकी छिन् । उनको १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकमा जन्म भएको थियो । उनी विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी छिन् । सांसद् मैनालीले आफ्नो पारिश्रमिकबाट लामिछानेलाई हरेक महिना ५ हजार रुपिँया उपलव्ध गराउँदै आएका छन् । केही दिनअघि ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बाटुलीको घर ककनी गाउँपालिका ८ मा पुगेका मैनालीले फाउण्डेशनका लागि आफ्नो विकास कोषबाट १० लाख रुपिँया उपलव्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
मैनालीले आफ्ना योजनाहरुलाई छिटोभन्दा छिटो पूरा गर्ने समेत स्पष्ट पारेका छन् । मैनालीले सामाजिक क्षेत्रमा रहेर आफ्नो कर्तव्य पूरा गर्दै आएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु