• हरेक चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ–लम्साल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार २१:०३

    नेपालको पर्यटन क्षेत्रका सफल व्यवसायीको पहिचान बनाएका मोहन लम्साल २०२३ सालमा मध्य पश्चिमको दाङ जिल्लामा एक माध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । आफ्नो व्यवसायसँगै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुमा आवद्ध भई समाजसेवा गर्दै आएका उनी हाल किवानिज इन्टरनेशनलको गभर्नर जस्तो गरिमामय पदमा नेपाल डिस्ट्रिकबाट निर्वाचित भएका छन् । प्रस्तुत छ,उनीसँगन्यूजलाईन्स् पाक्षिकका नारायण प्रसाद बेलवासेले गरेको संक्षिप्त कुराकानी ।

    नेपालबाट किवानिज इन्टरनेशनलको गभर्नर पदमा वर्ष २०२०/२१ को लागि चयन हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ?

    धन्यवाद,नमस्कार

    समाजसेवा र व्यवसायको लागि एकै साथ कसरी समय मिलाउनु भएको छ ?

    कामको व्यस्तताको बीचमा समाजसेवा गर्न पाउँदा कामको बोझ हटेर झन् स्फूर्ति बढे जस्तो महसुस हुन्छ । समाजसेव र व्यवासय एक अर्काको पर्याय जस्ता भएका छन् । म त विगत ३३ वर्षदेखि लायन्स क्लबमा आवद्ध छु र २०१५ देखि नेपालमा किवानिज इन्टरनेशनलको स्थापना गरेर, त्यसमार्फत बालबालिका र विपन्नहरुलाई सहयोग गरिरहेका छौं ।खासमा समाजसेवाबाट प्राप्त भएका खुशीहरुले नै कोरोना महामारीमा हाम्रो व्यवसायले झेलेका चुनौतीको सामना गर्न सकेको जस्तो लाग्छ ।

    लायन्स क्लब र किवानिज क्लबका बीचमा के कस्ता फरक देख्नुहुन्छ ?

    दुवै संस्थाहरु मर्यादित सामाजिक संस्थाहरु हुन् । हामीले किवानिज क्लबको स्थापना गरेर सामाजिक संस्थाहरुले गर्ने अनावश्यक तामझाम र खर्चहरु घटाउँदै ती खर्चहरुलाई सामाजिक सेवाको कार्यमा लगाउने प्रयत्नको थालनी गरेका छौं । किवानिज क्लबमा प्रत्येक क्लबहरुले आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय हेडक्वाटरमा सहयोगको लागि आफैले निवेदन गर्न सक्ने भएकोले किवानिजका क्लबहरु स्वतन्त्र र बलिया हुन्छन्, जोन या डिस्ट्रिकको भरपर्नु पर्दैैन ।

    यहाँले लामो समयदेखि पर्यटन प्रबद्र्धनको क्षेत्रमा काम गर्दै आउनु भएको छ । शुरुदेखि नै तपाईले के कस्ता चुनौतीहरुको सामना गर्नुप¥यो ?

    नेपालको पर्यटन व्यवसाय निकै कठिन अवस्थामा गुज्रीरहेको छ । व्यवसायीहरु हरेक समयमा खुकुरीको धारमा टेकेर हिड्न बाध्य छन् । चुनौतीका पहाडहरु छन् । विगतमा प्रजातन्त्रको पुर्नस्थापना पछि बामे सर्न थालेको यो व्यवसाय २०५२ सालमा शुरु भएको जनयुद्धले राम्रोसँग तंग्रिन  सकेन । बाहिरबाट आउने पर्यटकको संख्यामा निकै कटौती हुँदै गइरहेको थियो । मुस्किलले उभिन खोज्दै थियौं, २०५८ सालमा भएको दरबार हत्याकाण्ड पछिको कफ्रर्यूले फेरी सन्नाटा छायो, हजारौंको संख्यामा भएका बुकिङहरु रद्ध भए । हामीले धेरै ठूलो व्यापार घाटा सहनु प¥यो । त्यसपछि पनि सासै र स्वाइन फ्लु जस्ता रोगहरुको कारण उत्तरतिर जाने धेरै पर्यटकहरु गुमाउनु प¥यो । २०७२ सालको भुकम्प र अहिलको कोरोना महामारीले व्यवसायीहरुलाई यो पेशाबाटै पलायन हुनुपर्ने गम्भिर मोडमा पु¥याएको छ ।

    कोरोना महाव्याधिले निम्त्याएको बन्दाबन्दीले धरासायी भएको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि राज्यले कस्तो नीति अवलम्बन गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

    हामीसँगै यो व्यवसाय शुरु गरेका कैयौं साथीहरु यहाँबाट पलायन भएर यूरोप, अमेरिका तिर भासिँदा पनि यहि देशमा केहि गर्ने संकल्पका साथ हामीहरुले आफ्नै देशमा व्यवसाय शुरु गरेका हौं, तथापी हाम्रा साथीहरुको मनोबल बढाउने र हाम्रो व्यवसायिक पुनरुत्थान गर्ने तर्फ सरकार पूर्ण रुपमा बेखबर छ । हामीलाई सम्पन्न देशका नागरिकलाई जस्तो बन्दाबन्दीको समयको घरभाडा र कर्मचारीको तलब अनुदान दिन नसकेपनि हामीले करोडौं लगानी गरेका होटल व्यवसाय र गाडाीहरु धितोमा राखेर कर्जा सुविधा राज्यले दिएको भएपनि चित्त बुझाउन सकिन्थ्यो तर हाम्रो सरकारले अप्ठ्यारोमा परको हामी व्यवासायीहरुलाई नै निचोरेर कर उठाउने बाहेक अरु कुनै सहयोगको प्रयत्न गरेको कुरा आजको दिनसम्म मलाई थाहा छैन ।

    यहि परिस्थितिमा विदेशी पर्यटक भित्र्याउन सरकारले चाल्नु पर्ने कुनै उपयुक्त कदम भए सुझाउन सक्नुहुन्छ कि ?

    हरेक चुनौनीलाई अवसरमा परिणत गर्न सकिन्छ, त्यसको लागि सरकारले अग्रसरता लिनु पर्दछ । नेपालमा आएर एक हप्ता क्वारेन्टीनमा बस्न कुनै विदेशी आउदैनन् । सरकारले एक आधा घण्टामा नतिजा दिने केहि अत्याधुनिक पिसिआर मेसिनहरु विमानस्थलमा राखेर पर्यटकहरुको तत्काल पिसिआर रिपोर्ट दिने र सम्बन्धित देशको पिसिआर गरेका विदेशी नागरिकले नेपाल आउन चाहेमा फ्रि भिसाको व्यवस्था गरेर क्वारेन्टीनमा नराखी तत्काल नयाँ पर्यटकीय गन्तब्यमा पठाउन सके देशको पर्यटनले नयाँ फट्को मार्न सक्नेमा दुइमत छैन ।

    अन्तमा, कोरोना महामारीको यो समयमा  आमपाठकहरुलाई के सन्देश रहेको छ ?

    कोरोना महामारीको यो समयमा नजिकिदै गरेको बडा दशैं, दिवापली तथा छठ जस्ता पर्वहरुमा सामाजिक दुरी कायम गर्दै आफु र आफ्नो परिवारलाई सुरक्षित राखेर चाड मनाउन अनुरोध गर्दछु । सबैमा बिजया दशमीको सु–स्वास्थ्य दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु