• काठमाडौं महानगरपालिकाद्धारा ६० जनाको पिसीआर परीक्षण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १५:२९

    असोज ३०, काठमाडौं । काठमाडौं वडा नं १ अन्तर्गत नन्दी रात्रि स्कुल परिसरमा आज ६० जना व्यक्तिहरुको कोरोना पिसीआर टेस्ट सम्पन्न भएको छ ।
    विश्वभर फैलिएको कोरोना महामारी कोभिड —१९ को सन्दर्भमा कोरोना रोकथाममा महानगरको अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरुमा सर्वसाधारणको निशुल्क परीक्षणहरु भइ रहेका छन । यसै सन्दर्भमा आज काठमाडौं वडा नं १ मा सर्वसाधारणको परीक्षण गरिएको हो ।

    सो परीक्षणको क्रममा सर्वसाधारणहरुलाई सामाजिक दुरी सहित लाईनमा राखेर एक एक गरेर परीक्षण गरिएको महानगरपािलका शहरी स्वास्थ्य महाशाखाका हेल्थ एसिसटेन्ट ऋषि भुसाल बताउनु भयो ।
    कोरोना रोकथाममा महानगरको अभियान अन्तर्गत अरु वडामा पनि नियमित पिसीआर परीक्षण गरिने काठमाडौं महानगरपालिका वडा नं १ का वडा सदस्य अशोक श्रेष्ठले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु