• बलम्बुमा स्वास्थ्य सामग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १८:३८

    लेखनाथ थपलिया

    काठमाडौं ।समाज कल्याण परिषद र राष्ट्रिय अपांग कोषको आयोजना र चन्द्रगिरी नगरपालिकाको सहकार्यमा चन्द्रगिरीको गुर्जुधारामा सहयोग कार्यक्रम सप्पन्न भएको छ ।

    कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थियोे भने अपांगता नभएका समस्यामा परेका व्यक्तिहरुलाई पनि विविध सामाग्री वितरण गरेको चन्द्रगिरी नगरपालिकाका समाजसेवी देवेन्द्र प्रधानले बताएका छन् । प्रधानले उक्त कार्यक्रममा बोल्दै चन्द्रगिरी नगरपालिका अन्तर्गत रहेको व्यक्तिहरूको समस्या समाधान गरेर सुखी समाजको निर्माणमा आफू सधै अग्रसर रहने समेत बताउनु भएको थियो यश अघि पनि प्रधानले विद्यालय लगायत विभिन्न सघसस्थालाई सहयोग गर्दै आएका थिए ।

    सो कार्यक्रममा चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि उपप्रमुख लिशा नकर्मी सामाजिक अधिकृत रस्मी श्रेष्ठ राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाको समेत सहभागीता रहेको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु