• बितेको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १६:५१

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

    आज देशभर ३८ हजार ७३७ जना संक्रिय संक्रमित छन् ।

    यसैगरी, पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु