• कुमारको डिजिटल फोटोमा कक्रोज र बलेको उत्कृष्ट अभिनय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १०:१५

    – सबिन घिसिङ

    काठमाडौ ।गीतकार तथा संगीतकर्मी कुमार कटुवालको उत्कृष्ट शब्दभाव रहेको डिजिटल फोटो बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ। अनुभवी गायक गायिका द्वय सुनिल कटुवाल र सरु गौतमको सुमधुर अवाजमा सजेको गीतमा दिपक शर्माको संगीत, उदयराज पौडेल को संगीत संयोजन सुन्न पाइन्छ। उत्सब दाहालको छायांकन , बिकाश दाहालको सम्पादनमा लोकप्रिय कलाकारहरु सागर लम्साल, हरिस निरौला, प्रतिमा कंडेल र गीता ढुंगानालाई छमछमी नचाउने कलात्मक कोरियोग्राफी र निर्देशन देवेन्द्र पान्डेले गरेका हुन् ।
    चर्चित स्रष्टा र कलाकारहरुको समिस्रण भएकोले समग्रमा यो म्युजिक भिडियो राम्रो बनेकोले बजारमा यस्को राम्रै चर्चा छ। गीतकार कटुवाल हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१८ मलेसिया बाट बिधागत अवार्ड तथा विविध सम्मान द्वारा सम्मानित सर्जक हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु