• बडा दशैका लागि केही स्पेशल परिकारका रेसेपीहरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १३:०३

    आर.बी बुढाथोकी – हिन्दुहरुको महान चाड बडा दशै सबैको घर आँगनमा आइपुगी सकेको छ । कोरोना माहामारीका कारण मिठो खाने र राम्रो लगाउने भनेर चिनिएको यो महान चाड अन्य बिगतको बर्षभन्दा अलि भिन्न र अलिनो पनि बन्न पुगेको छ । तर पनि दशै त दशै नै हो ऋृण गरेर त मनाउने सस्कार रहेको हाम्रो सस्कारमा सुरक्षित अपनाएर मिठो खान, राम्रो लगाउन र रमेर दशै मनाउन कुनै असर रहन्न । किन कि यो चाड परापूर्वकालदेखि नै हर्ष उल्लासका साथ मनाउदै आइएको छ । कुनै पनि खाना पकाउदा समुर्ण सामाग्री हालेर पनि प्रसिजर नमिल्दा फरक–फरक स्वाद हुन्छ तसर्थ ध्यान पूर्वक मेहनत साथ र प्रेमपूर्वक पकाउनु भयो भने तपाईंले पकाएको खाना परफेक्ट र स्वादिस्ट बन्छ । तसर्थ दशैको शुभ अवसर परेर हामीले यहाँ केही प्रमुख नेपाली खानाका परिकार पस्कने जमर्को गरेका छौ ।

    खसीको भुटुवा

    सामाग्री : उसिनेर डाइस काटेको खसीको फलमासु – ५०० ग्राम, तोरिको तेल – २ चम्चा, अदुवा लसुन – आधा चम्चा, नुन – स्वाद अनुसार, जिरा धनीया– आधा चम्चा, खुर्सानीको धुलो – आधा चम्चा, गरम मसला–आधा चम्चा, मसिनो गरी काटेको प्याज – एक पिस, धनियाँ आधा मुठा, हरियो खुर्सानी – २ पिस, नेपाली ताजा घ्यु – १ चम्चा, बेसार –आधा चम्चा

    बिधी : खसीको उसिनेर चिस्याएको मासुलाई मसिनो डाइसमा काटेर तेल हालेर  ट्नुस र प्याज, अदुवा लसुन काटेको हरियो खुर्सानी हालेर केही सानो रापमा भुट्नुस् । बेसार, जिरा, धनियाँ, खुर्सानीको धुलो, गरम मसला र मसिनो गरी काटेको गोल्भेडा हालेर अझै ५ मिनट पकाउनुस र सुक्खा हुन थाले पछी एक चम्चा नेपाली घ्यु र काटेको हरियो धनीयाँ हालेर चलाई निकाल्नुस । सितन, खाजा या भुजा सँग खसिको भुटुवा खान सकिन्छ ।

    खसीको आन्द्रा ससेज


    सामाग्री : खसीको राम्ररी सफा गरेको आन्द्रा – आधा ५०० ग्राम, आलो खसीको रक्ती – ३५० ग्राम, खसीको किमा–१५० ग्राम, बोसो – ५० ग्राम, अन्डा एक पिस, मैदा–२ चम्चा, पिसेको डल्ले खुर्सानीको लेदो (पेस्ट) (आधा चम्चा, जिरा धनीयाको धुलो – आधा चम्चा, मसिनो गरी काटेको धनीयाको डाठ–एक चम्चा,टिमुरको धुलो–पिन्च, नुन स्वाद अनुसार, अदुवा लसुन–आधा चम्चा, तोरिको तेल–आधा चम्चा ।

    बिधी : दिइएका सम्पूर्ण सामाग्री हालेर राम्ररी मुछनुस या पेस्ट बनाउनुस र सफा गरेर राखेको खसीको आन्द्रामा सानो पाइप र पोलिथिनको ब्यागको सहायताले भर्नुस । तीन तीन इन्चको फरक पारेर आन्द्रालाई भाच्नुस र गाठो बनाएर ससेजको सेभ दिनुस । केही बेर झुन्ड्याएर सुक्खा बनाउनुस । उम्लेको पानीमा गरम मसला र नुन हालेर ससेजलाई उसिन्नुस । राम्ररी पाकेपछी चिस्याउनुस र थोरै तेल हालेर नन स्टिक प्यानमा डामेर स्नाक्सको रुपमा खान सकिन्छ ।

    डामेको खसीको फोक्सो


    सामाग्री : खसीको फोक्सो – एक पिस, मैदा २५० ग्राम, अन्डा – ४पिस, बेसन – २ चम्चा, अदुवा लसुन–आधा चम्चा, नुन स्वाद अनुसार, बेसारको धुलो–आधा चम्चा, खुर्सानीको धुलो–आधा चम्चा, जिरा धनियाको धुलो – आधा चम्चा, मिक्स गरम मसला–आधा चम्चा, हिङ–पिन्च, तोरिको तेल– ३ चम्चा, पानी–अबश्यकता अनुसार या ६०० एम एल ।

    बिधी : तेल बाहेक माथि दिइएका समुर्ण सामाग्रीहरु हालेर हुइसले चलाई लेदो बनाउनुस् र सानो पाइप र दुधको पोलिथिनको सहायताले फोक्सोमा भर्नुस् । फोक्सोमा मिक्चर भर्नु अगाडि फुटेको छ या छैन फुकेर हेर्नुस् । प्वाल परेको फोक्सोमा मिक्चर भर्न सम्भब हुन्न । राम्ररी डोरी या धागोले फोक्सोको फुड पाइपलाई टाइट हुने गरी बध्नुस् र उम्लेको पानीमा २५ मिनट छोपेर सानो आचमा पकाउनुस् । चिसो हुन दिनुस् र स्लाइस काटेर बाक्लो नन स्टिक प्यानमा थोरै तेल हालेर डाम्नुस् र तातो तातो खानुस् ।

    खसीको चितवन तास

    सामाग्रीः बोसो र छाला फलमासु मिसिएको हाड नभएको खसीको मासु–५०० ग्राम, तोरिको तेल–२ चम्चा, मसिनो गरी चप गरेको अदुवा लसुन–५० ग्राम, मसिनो गरी काटेको हरियो खुर्सानी–३ पिस, बेसार–आधा चम्चा, नुन स्वाद अनुसार, जिरा धनीयाको धुलो–आधा चम्चा, मरिचको धुलो–पिन्च, खुर्सानीको धुलो–पिन्च, अदुवा लसुन–आधा चम्चा,गरम मसलाको धुलो–आधा चम्चा, हरियो धनीया काटेको–आधा मुठा, कागतीको रस–२ पिसको, नेपाली घ्यु–आधा चम्चा ।

    बिधीः चप गरेको अदुवा लसुन, खुर्सानी र हरियो धनीया बाहेक सम्पूर्ण सामाग्री हालेर आधा तोरिको तेल मिसाएर मोल्नुस र २४ घण्टा फ्रिजमा रेस्ट गरी राख्नुस । भोलीपल्ट बाक्लो प्यान तताएर बाँकी रहेको आधा तोरिको तेल हालेर अदुव लसुन र हरियो खुर्सानीलाई मज्जाले ब्राउन हुने गरी भुट्नुस र मोलेको मासु ओइराइ दिनुस् । सानो आचमा चलाई चलाई भुट्नुस र अन्तमा धनीया, घ्यु र कागती हाली भुजा र ग्रिन सलादका साथमा तातो तातो खसीको तास सर्भ गर्नुस् ।

    खसीको पक्कु


    सामाग्रीः खसीको राम्रो खालको मासु १ किलो, तोरिको तेल–४ चम्चा, मेथी–आधा चम्चा, होल गरम मसला–५ ग्राम, अदुवा लसुन–१ चम्चा, बेसार–१ चम्चा, जिरा धनीयाको धुलो–१ चम्चा, नुन–स्वाद अनुसार, खुर्सानीको धुलो–आधा चम्चा, सुकेको खुर्सानी–४ पिस, गरम मसलाको धुलो–१ आधा चम्चा, नेपाली घ्यु–एक चम्चा ।

    बिधीः पित्तलको बाक्लो कसौडीमा तेल तताएर मेथी पुराउनुस र सुकेको खुर्सानी र होल गरम मसला हालेर ब्राउन बनाउनुस। काटेको मासु खनाएर सानो आचमा चलाई चलाई ३० मिनट छोपेर पकाउनुस । पट्ट पट्ट गरेर पड्कन थालेपछि अन्तमा बाँकी मसला हालेर पाच मिनट भुट्नुस र घ्यु हालेर तातो तातो सर्भ गर्नुस ।

    खसीको कटिया
    सामाग्रीः काटेको खसीको मासु एक केजी, तोरिको तेल ४ चम्चा, ठुलो–ठुलो पिस गरेर काटेको प्याज–२÷४ पिस, अदुवा लसुन–१ चम्चा, गरम मसला–आधा चम्चा, जिरा धनीया–आधा चम्चा, खुर्सानीको धुलो–आधा चम्चा, सुकेको होल खुर्सानी–४ पिस, बेसार–आधा चम्चा, नेपाली घ्यु–आधा चम्चा, नुन–स्वाद अनुसार ।

    बिधीः सम्पूर्ण सामाग्री हालेर मोल्नुस र एक दिन रेस्टका लागि छोपेर राख्नुस र माटोको सानो घैटामा भरेर राम्ररी टाइट हुने गरी छोप्नुस र आगोको भुङ्ग्रोमा आधा घण्टा पकाउनुस र भुजा या चिउरासँग तातो तातो सर्भ गर्नुस। आगोको भुङ्रग्रो छैन भने बाक्लो तावा या ग्रिलमा रीखेर पनि पकाउन सकिन्छ तर आगोको भुङ्रग्रोको स्वाद अलि भिन्न खालको हुन्छ । रौतहटमा निकै प्रख्यात यो खाना अहिले राजधानीमा पनि खुब चर्चा छ र पस्कन थालिएको छ ।

    खसीको नली कबाब
    सामाग्रीः खसीको खुट्टाको मासु–१ केजी, तोरिको तेल–४ चम्चा, होल गरम मसल–३ ग्राम, सुकेको खुर्सानी–४ पिस, अदुवा लसुन पेस्ट–१ चम्चा, मसिनो गरी काटेको प्याज–१ पिस, गरम मसलाको धुलो–आधा चम्चा, जिरा धनीयाँको धुलो–१ चम्चा, खुर्सानीको धुलो–आधा चम्चा, मरिचको धुलो–पिन्च, नुन–स्वाद अनुसार, बेसार–आधा चम्चा,नेपाली घ्यु–एक चम्चा, हरियो धनीयाँ–आधा मुठा ।

    बिधीः बाक्लो कसौडी या प्रेसर कुकर तताउनुस् र तोरिको तेल हालेर मेथी फुराउनुस् । होल गरम मसला र चिल्ली हालेर ब्राउन गरी अदुवा लसुन अनी काटेको प्याज हालेर फुराउनुस् । मासु खनाएर सानो आचमा पकाउनुस् र सम्पुर्ण मसला हालेर राम्ररी पकाउनुस् । राम्ररी पाकेपछी अन्तमा घ्यु र काटेको धनीयाँ हालेर तातो तातो बासमती भुजा या रोटीसँग सर्भ गर्नुस् ।

    भेज अप्सन रोज्नेहरुका लागि केही छोटो जानकारी

     

    मसरुम छोइला : उसिनेको च्याउलाई डामेर लसुन, अदुवा, तोरिको तेल कागती रस हालेर मेथी झानेर बनाइन्छ ।

    पनिर छोइला : पनिरलाई तेलमा तारेर चिसो नुन पानीमा भिजाएर च्याउ जस्तै गरी छोइला बनाउन सकिन्छ ।

    कुरिलो करी : एस्पारागस करी पनि सामान्य तरकारी जसरी आलु या च्याउमा मिसाएर बनाउन सकिन्छ र यो निकै स्वस्थ्य र स्वादिस्ट हुन्छ ।

    तोफु चिल्ली : तोफुलाई तेलमा तारेर नुन पानीमा भिजाएर पनिर चिल्ली जसरी नै सजिलै बनाउन सकिन्छ ।
    पनिर साँधेको पनिरलाई डामेर या तारेर नेपाली मसला र कागती हाली सादेर पनि खान सकिन्छ ।

    निउरोको तरकारी :निउरोको तरकारी पनि शाकाहरिका लागि एक उपयुक्त र स्वस्थ्य बिकल्प मानिन्छ र सजिलै बनाउन सकिन्छ ।

    क्वाटी सुप : ९ थरिका गेडागूडी भिजाएर उमारी पकाएर नेपाली मसला र घ्युमा ज्वानो झानेर खान सकिन्छ । फलदारी कोफ्ता बिर्यानी–काचो केरा र ड्राइ फ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यु हालेर पकाउन सकिन्छ ।

    पनिर पास्ता : पनिर हालेर सेतो क्रिमी र रातो दुबै ससमा पास्ताका साथमा चिज हालेर बनाउन सकिन्छ जुन निकै स्वादिस्ट हुन्छ ।

    पनिर मस्रुम पिज्जा : पनिर, च्याउ, चिज हालेर पिज्जा पनि बनाउन सकिन्छ र जुन शाकाहरीका लागि उत्तम खाना मानिन्छ ।

    कोफ्ता करी : आलु र मिक्स भेजको किमालाई बल बनाएर फ्राइ गरी पहेलो रिच नट र क्रिमी ग्रेभीमा पकाउन   सकिन्छ ।

    दाल पन्चमेला : पाँच थरिको दाल मिसाएर इन्डियन फ्रेश मसला र घ्यु या बटर हाली बनाउन सकिन्छ ।

    दाल मक्खनी : मासको गेडा दाल र राजमा भिजाएर पकाइ इन्डियन मसला, क्रिम, बटर हाली बनाउन सकिन्छ र निकै स्वादिस्ट मानिन्छ ।

    पिडालु हालेको दाल जिम्बु झानेको : कालो मासको दालमा पिडालु हालेर पकाइ घ्युमा जिम्बु हाली झानेको दाल पनि निकै लोकप्रिय मानिन्छ ।

    पनिर बिर्यानी : पनिरलाई दही हालेर बनाएको ग्रेभीमा बासमती चामललाई गरम मसला हालेर पकाइ दम गरी …………….

    नभरत्न करी : मुग्लाई तथा शाहीहरुको यो अती पोसिलो करी बिभिन्न ९ सब्जी तथा फलफुल हालेर काजु र खुवाको रिच ग्रेभिमा बनाइन्छ ।

    मिक्स भेज बिर्यानी : दही र गरम मसला हालेर तयार गरिएको मिक्स भेज करिलाई ८० प्रतिशत पाकेको चामलसँग घ्यु र ड्राइफ्रुट हाली दम गरी पकाइन्छ ।

    फलदारी कोफ्ता बिर्यानी : काचो केरा र ड्राइ फ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यु हालेर पकाउन सकिन्छ ।

    (लेखक -सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा कार्यरत बुढाथोकी पाक कला र सन्तुलित आहारका बिषयमा कलम चलाउदै आउनुभएको छ )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु