• मस्ट पपुलर टाईटल विनर कम्युनिटी वेस्ट’ को अवार्ड बिमला पाईजा मगरलाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १७:५०

     

    काठमाडौं — पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले आयोजना गरेको ‘पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ मा रघुगंगा, म्याग्दीकी समाजसेवी तथा बिभिन्न संधसंस्थामा आवद्द बिमला पाईजा मगरले मस्ट पपुलर टाईटल विनर कम्युनिटी वेस्ट विधातर्फको अवार्ड प्राप्त गरेकी छिन ।

    सदावहार नायक भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता साथै नेपाली फेशन/मोडलिङ जगतका थुप्रै हस्तीहरुको उपश्थिति सहित कोरोना कहरबीच स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै बिहीबार म्युजिकसिटी स्टुडियोमा एक कार्यक्रमबीच सम्पन्न अवार्ड समारोहमा आफ्ना ४ फाईनलिस्टलाई पछि पार्दै उनले सो अवार्ड हात पारेकी हुन ।
    समाजसेवामा सक्रिय बिमला पेशाले एक कुशल सौन्दर्य व्यवसायी समेत हुन।

    विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान प्रदान गरेको भन्दै बिमला लाई उक्त अवार्डले सम्मानित गरिएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु