फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • तामाङ सोसाईटी अफ अमेरिका (टि एस ए) को १० औं अधिवेशन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १३:२८

    सबिन घिसिङ ।

    तामाङ सोसाईटी अफ अमेरिका ( टि एस ए) को १० औं अधिवेशन सम्पन्न भएको छ।
    न्यूयोर्क राज्यको क्विन्स शहरस्थित सत्यनारायण मन्दिरमा भएको अधिबेशनबाट छेमाङ लामाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कुन्सङ लामा, महासचिव प्रविन लामा, सचिव रामबहादुर गोले, कोषाध्यक्ष निमाल्हामु लामा, सहकोषाध्यक्ष मनोज तामाङ चुनिएका छन् । यसैगरी सदस्यहरुमा सानू मोक्तान, दावा तामाङ, अनिता लामा मोक्तान, पासाङ लामा र सुनिता तामाङ रहेका छन् ।
    अध्यक्ष गोमा योन्जन को सभापतित्व र तामाङ समाज उत्तर अमेरिकाका केन्द्रिय अध्यक्ष लक्यान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट छेमाङ लामा को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

    कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एनआरएनए एनसिसिका उपाध्यक्ष बाबुराम लामा र हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाको विशेष आतिथ्यतामा संस्थाका संस्थापक अध्यक्ष सुवास लामा सहित पुर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, सुर्य तामाङ, शान्तबाबु थोकर सहितको उपस्थित रहेको थियो ।उपाध्यक्ष निमा गोलेको स्वागत मन्तव्य पश्चात प्रमुख अतिथि लक्यान लामाले छ्युमी बाल्दै उद्घाटन भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुवास लामाले संस्थाको ईतिहॉस बर्णन गरेका थिए भने प्रमुख अतिथि र विशेष अतिथिहरु द्वारा शुभकामना सहित अध्यक्ष द्वारा उद्घाटन सत्र समापन गरिएको थियो ।

    अधिवेशनलाई दुई चरणमा विभाजन गरि सम्पन्न गरिएको कार्यक्रम उद्घाटन सत्रमा कोभिडको समयमा संस्थाले TSA Covid 19 Task Force बनाएर समुदायलाई सहयोग गर्ने कार्यक्रमा संस्थालाई सहयोग गरेका संस्थाहरु तामाङ समाज उत्तर अमेरिका, तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया, नेपाल जनजाती महॉसंघ, जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, कोरोना विरुद्ध सचेतना तथा सहयोग समूह, जीपी फाउण्डेशन अमेरिका लगायत संघ संस्था र व्यक्ति विशेषलाई धन्यवाद सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो । त्यसै गरि संस्थालाई स्थापना काल देखि अनवरत रुपमा योगदान दिदै आइरहेकी संस्थाका सदस्य दोय माया लामा र रिन्जी तामाङलाई प्रेसिडेण्ट अवार्डबाट सम्मान गरिएको थियो भने मिडिया मार्फत संस्थालाई सेवा गरे वापत मिडिया कर्मी निमा पाख्रिनलाई विशेष सम्मान गरिएको थियो ।

    विधान कमिटीबाट विधान प्रस्तुत गरि छलफल र निर्णय गर्दै भरत राज लामा संयोजक र सदस्यहरु प्रेम स्याङ्तान र उमा तामाङ रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया शुरु गरि २०२० देखि २०२२ सम्मका लागि छेमाङ लामाको नेतृत्वमा नयॉ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु