• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    मोडलिङ क्षेत्रमा क्यारियर बनाउँदै सेलिन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १९:४२

    भत्तपुर ।भर्खरै १६ वर्षमा टेकेकी सेलिन प्रजापति मोडलिङ क्षेत्रमा उदयमान नाम हो । मध्यपुर थिमी, भक्तपुर निवासी प्रजापति शंखधार मेमोरियल स्कूलबाट एसईई पास गरी +२ को लागि उच्च माध्यमिक विद्यालयमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेकी छिन् ।
    बुबा, आमा र एक बहिनीको माया पाएकी प्रजापतिलाई सडकका पेटीहरुमा डुलिहिँड्ने कुकुरहरूलाई खाना खुवाउने र कविता लेख्न निकै मन पर्दछ । सधैं सकारात्मक सोच र फराकिलो विचार बोकेकी उनी आफूलाई सामाजिक कार्यकर्ताको रुपमा पहिचान गराई स्वतन्त्र सफल व्यवसायिक मोडल हुने दृढ इच्छा राख्दछिन । सानै उमेरमा मिस टिन इन्टरनेशनल नेपालको बिजेता घोषणा भएसँगै आफ्नो क्यारियरमा जिम्मेवारीसँगै दायित्वबोध भएको उनको भनाई छ ।
    हाल उनलाई काठमाण्डौं, पोखरा र चितवन लगायतका विभिन्न स्थानहरुमा सञ्चालन भईरहेका फेशन शो, व्यूटी प्याजेन्टहरुमा निर्णायकको भूमिकामा समेत देख्न सकिन्छ ।
    हेर्दा निकै फरासिली देखिने उनी जो कोहीलाई पनि आफ्नो आत्मीय व्यवहारले छिट्टै आफ्नो प्रभावमा पार्छिन् । देशका विभिन्न स्थानमा भएका व्यूटी प्याजेन्टहरुमा सहभागी हुँदै मिस टिन इन्टरनेशनल नेपालको उपाधि समेत हासिल गरेकी प्रजापति भियतनाममा हुने प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दैछिन् । आशा छ प्रजापतिले भियतनाममा हुने प्रतियोगितामा समेत आफ्नो साथै नेपालको शिर उच्च राख्नेछिन् । अग्रिम शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु