पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

हस्पिटालिटी क्षेत्रमा उच्च कार्यदक्षताका कारण छोटो समयमा लामो छलाङ मार्दै –अन्जना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते, मंगलवार ०८:०३

आर.बी बुढाथोकी।

बिज्ञान बिषयमा प्लस टु गर्दासम्म अन्जना खड्कालाई यो क्षेत्रमा लाग्छु नै भन्ने कुनै विश्वाश नै थिएन । ब्याचलरका लागि आफन्तसँग होटल म्यानेजमेन्ट कलेज हेर्न जाँदा जाँदै प्रभावित भएर उहाँलाई उतै तानेको मान्न सकिन्छ । सन् २००५ मा ब्यचलरका लागि आएसटी कलेजमा भर्ना हुनासाथ आफुले लक्ष्य यो क्षेत्र नरोजेको भएता पनि भविष्य उज्ज्वल छ भन्ने कुरा ठम्याइ सक्नु भएको थियो । त्यति बेलासम्म नेपालमा होटल व्यवस्थापन बिषय लिएर पढ्नेहरु अन्य बिषयका तुलनामा कमै थिए र उहाँको सोँचमा पनि मैले छिट्टै अवसर पाउने आशमा सन २००८ मा ग्राजुएसन सक्नु भयो । प्राय होटल व्यवस्थापनका कलेजहरुले नेपाल कै होटलहरुमा इन्ट्र्न गर्ने गरेकोमा मौकावश उहाँहरुको ब्याचबाट बिदेशमा गएर इन्ट्रन गर्ने अवसर पाउनु भयो । मलेसियामा इन्र्टन गर्ने क्रममा उहाले धेरै नयाँ नयाँ कुरा सिक्ने मौका पाउनु भयो । बिदेशबाट नेपाल फर्कन साथ उहाँको होटल व्यवस्थापन बिषयमा स्नातक पुरा हुनासाथ नेपालको सोल्टी क्राउन प्लाजा होटलमा १८ महिने म्यानेजमेन्ट ट्रेनिङमा सामेल हुनु भयो । ट्रेनिङ पुरा हुनासाथ सोही होटलमा एक्जुकेटिभ लेबलको क्वालिटी एन्ड कन्टिनस बिभागमा एसिस्टेन्ट म्यानेजरको रुपमा जागिर गर्न अर्को राम्रो अवसर नै उहाँका लागि करिअरको टर्निङ प्वइन्ट बन्न पुग्यो । होटलका सबै बिभागहरुमा समानन्वयन गरेर काम गर्नु पर्ने आफ्नो बिभाग भएका कारण उहाँले धेरै कुरा सिक्ने मौका पाउनु भयो । त्यसमा पनि सोल्टी क्राउन प्लाजा होटेज जस्तो अन्तरास्ट्रिय ब्रन्डमा आबद्द भएर काम गर्दा उहाँको आगामी करिएरका लागि अरु प्लस प्वइन्ट हुँदै गयो।

निरन्तर आफ्नो काममा लगनशिलता र इमान्दारीका कारण एक पछी अर्को गर्दै अवसरहरु थपिदै गए र अचानक त्यही अबधीमा उहालै बेलायत जाने अबसर मिल्यो र त्यहाँ गएर पनि क्राउन प्लाजा लन्डनमा रिसेप्सन टिम मेम्बरका रुपमा काम गर्न थाल्नु भयो ।

बिदेशमा काम गर्दा र स्वदेशमा काम गर्दाका भिन्नताको अनुभव पनि उहाँले लन्डनमा पुगेर छुट्याउनु भयो । विकसित देशमा गरिने कार्य शैली, त्यहाँको वातावरण,भाषा, भिन्न भिन्न देशका कामदारसँगको भेटका कारण उहाँले आफ्नो शिप र कला झन तिखार्दै लैजाने अबसर प्राप्त गर्दै जानु भयो । भाषा खासै अप्ठ्यारो नपरेता पनि सिधा रुपमा गेष्टसँग कुरा आदान प्रदान गर्न भने केही गाह्रो नै हुने अनुभव उहाँको छ । बिस्तारै बिस्तारै उहाको आफ्नो आत्मा विश्वास बढ्दै गयो र काम पनि सहज हुन थाल्यो । पछी पछी उहाँको कार्यदक्षताको मुल्याङ्कन पनि हुन थाल्यो र पहिलो नौ महिना मै एम्प्लोइ अफ द मन्थ हुन पुग्नु भयो।

उहाँको क्रमिक रुपमा आत्माविश्वास बढ्दै जाँदा सहकर्मी साथीहरुले पनि उहाँलाई एक प्रतिशप्रदीको नजरले हेर्न थाले । बेलायत मै काम गर्दा गर्दै नेपाल फर्केर अस्टे«लिया या कुनै राम्रो देश जाने र यही क्षेत्रमा निरन्तर लाग्ने उहाँको सोच बन्यो र परिवार सहित नेपाल फर्कनु भयो । डेढ बर्ष काम गरेको अनुभब बटुलेर सन २०१३ मा नेपाल आए लगत्तै उहाको मनस्थिती परिवर्तन भयो र नेपाल मै केही गरौ भनी गेट कलेजमा एक्जुकेटिभ असिस्टेन्ट टु सिइओ भएर काम शुरु गर्नु भयो । उहाँको सालीन पन कार्य दक्षताका कारण एक पछी अर्को गर्दै खुड्किलो चढ्दै जान सफल हुनु भयो र उहालाई सोही कलेज प्रोग्राम म्यानेजरका रुपमा पदोउन्नती गरियो ।
२ बर्ष गेट कलेजमा आफ्नो कार्यदक्षता पुरा गरेर उहाँले हायात होटलमा एसिस्टेन्ट ट्रेनिङ म्यानेजरको रुपमा काम गर्ने अर्को राम्रो अवसर पाउनु भयो । सो होटल पनि अन्तरास्टिय ब्राण्डको म्यानेजमेन्ट होटल भएका कारण उहाँले त्यहाँ पनि धेरै कुरा सिक्ने र सिकाउने कार्यमा सफल हुँदै फेरी सन २०१७ सोल्टी क्राउन प्लाजा होटलमा म्यानेजर लर्निङ एन्ड डेभलप्मेन्ट पदमा काम गर्ने राम्रो अवसर पाउनु भयो । एक पछी अर्को गर्दै उहाले पाउनु भएको क्रमिक जिम्मेवारीलाई सफलता पूर्वक पुरा गर्दै जानु भयो र उहाँको प्रशंसा पनि फिजिन थाल्यो । साउथ वेस्ट एसिया रिजनको ३८ होटलहरुका ५ महिलाहरु मध्येबाट भविष्यका लागि जेनरल म्यानेजरमा छानिनु भएपछी उहाँको एक सफल महिलाका रुपमा ब्रान्डमा चर्चा चुलिएको हो । सन २०१९मा शुरु भएको यो राइज प्रोग्राममा भाग लिएर एक नेपाली चेलीले छोटो समय पाएको यो हद सम्म सफलताले सबैलाई एक प्रेरणाको श्रोत मानेका छन । यो स्थान खाली नहुन्जेलका लागि उहाँलाई होटलले स्पेशल प्रोजेट म्यानेजर पद दिएर एक गहन जिम्मेवारी सुम्पेको छ र साथमा भबिस्यका लागि आबश्यक जेनेरल म्यानेजरको ट्रेनिङ पनि गर्दै हुनु हुन्छ । छोटो समयको यो लामो छलाङलाई सबैले एक चासोको बिषयमा लिएका छन र लगनशिल, संयम भएर आफ्नो जिम्मेवारीप्रती इमानदार साथ लागेमा सफलता धेरै टाढा छैन भन्ने आब्बल उदाहरण बन्न सफल हुनु भएको छ होटलिएर अन्जना खड्का । एक असल गृहिणी भएर घरका सम्पूर्ण कार्य सकेर एक कुसल ब्यबस्थापकिय ज्ञान भएका कारण उहाँले यो सफलता पाउनु भएको हो भन्नेमा कुनै दुई मत छैन । उहाँको यो कार्य दक्षता र निरन्तर लगनशिलता कारण मिलेको यो सफलताले नेपाली महिलाहरुले पनि अबसर पाए गहन रुपमा लिएर पुरा गर्न सक्छन भन्ने राम्रो उदाहरण बन्न सफल हुनु भएको छ अन्जना खड्का जसले भोलिका दिनहरुमा आउने महिलाहरुका लागि पनि ढोका खुलाई दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु