फुड टेक्नोलोजी बहुआयामिक बिषय र यसमा कुसल जनशक्ति बजारको माग अनुसार अपुग हुनाले सेफ ल्यान्डिङग छ – प्रतिक्षा श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते, मंगलवार ०८:३६

आर.बी.बुढाथोकी

फुड टेक्नोलोजी (खाध्य प्रबिधी) अथबा फुडटेक एक बहु आयामिक बिषय हो । यसमा बिज्ञान प्रबिधी र व्यवस्थापनका बिभिन्न बिधाहरु समेटिएका हुन्छ । यस बिषय अध्ययन गरेका कुशल जनशक्ति, बजारको माग भन्दा न्यून भएकोले फुड टेक पढ्नेहरुका लागि थुप्रै अबसर देखेको छु भन्नु हुन्छ प्रतिक्षा श्रेष्ठ ।
दाङ घोराहीको दिपशिखा उच्च मा. बि. बाट सन २००६ मा एस.एल.सी. पास गरेपछि उच्च शिक्षाका लागि काठमाण्डौ आउनु भएको हो । काठमाण्डौको बागबजार स्थित के एम सि कलेजबाट बिज्ञान संकायमा प्लस टु गरेपछि उहाँको यात्रा फुड टेक पढ्न मोडिएको हो ।
कलेज अफ अप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी (क्याफोडेट)बाट सन २०१३ मा बिशिस्ट श्रेणिमा ब्याचलर इन फुड टेक्नोलोजी स्नातक उतिर्ण गर्नु गएकी श्रेष्ठ फुड टेक पढन चाहने भाई बहिनीहरुलाई भन्नुहुन्छ “शुरु शुरुका सेमिस्टरमा बिशुद्द बिज्ञानका बिषयहरु भए पनि पढ्दै जादा खानेकुराहरु सम्बन्धी अध्ययन परिक्षण सोध गर्दै अध्ययन गर्दा पाठ्यक्रम रमाइलो अनी रोचक लाग्दै जान्छ । स्नातकको अन्तसम्म आइपुग्दा खाना सम्बन्धी गहन बोध भई सकेको हुन्छ । खानाको महत्व,यसबाट पाइने पोषण, पोषणको अभाबमा हुने शरीरिक र मानसिक बिमारी, खानाको रासायनिक रचना, प्रसोधन, भन्डारण, खाध्य स्वच्छता, खानाको गुण नियन्त्रण, खाध्य ऐन र कानुन सम्बन्धी अध्ययन हुन्छ र यस्तै अरु थुप्रै“
पढाईमा अब्बल श्रेष्ठ सन २०१७ मा थाइल्यान्डको एसियन इन्च्युट अफ टेक्नोलोजी (एआइटी)बाट सम्मानिय queens scholarship Award बाट बिभुषित भईफुड इन्जिनेरिङ्ग एन्ड बायो प्रोसेस टेक्नोलोजी मा स्नाकोउत्तरमा दिक्षित हुनु भएको हो ।
फुड टेक गरेका बिद्याथीले आँफैले पनि ब्यवसाय गर्न सकिने र उधमी बन्न सक्ने क्षमता राख्ने भएकाले, बेरोजगार बस्नु नपर्ने उहाको जिकिर छ । श्रेष्ठ भन्नु हुन्छ होटल, रेस्टुरेन्ट, खाध्य उधोग, सरकारी सेवा, गैर सरकारी सस्थाहरुमा पनि फुड टेक्नोलोजीका थुप्रै अवसरहरु हुन्छन ।
श्रेष्ठ हाल कृषि मन्त्रालय अन्तर्गतको खाध्य प्रबिधी तथा गुण नियन्त्रण बिभागमा कार्यरत श्रेष्ठ एक प्रभागशाली महिला पनि हुनुहुन्छ । यस बिभागमा आउनु अगाडि उहाले निजी क्षेत्रको बिभिन्न काफोडट, जगदम्बा फुड लगायतका कम्पनीहरुमा एक जिम्मेवार पदमा काम गरेको अनुभब छ । उहा बिभिन्न सामाजिक कार्य र नयाँ पुस्ताका लागि रचनात्मक कार्यमा पनि सकृय हुनु हुन्छ । यस गुण नियन्त्रण बिभाग देशमा खाध्य ऐन, खाध्य नियमावली, दाना ऐन, दाना नियमावली लागु गराउने सरकारको एक प्रमुख अंग हो । यस बाहेक खध्य स्वक्छता, खध्य गुणस्तर, पोषण र खध्यप्रबिधी सम्बन्धी काम गर्ने यस बिभागको प्रमुख गतीबिधी हुन्छ । श्रेष्ठ खाध्य बैज्ञानीक प्राबिधिज्ञ संघ(नेफोस्टा)को कोषाध्यक्ष पनि हुनु हुन्छ ।
होटल म्यानेजमेन्ट फुड टेक कलेजहरुमा अध्यापन पनि गराउदै आउनु भएकी श्रेष्ठ बिभिन्न सामाजिक कार्य र नयाँ पुस्ताका लागि रचनात्मक कार्यमा पनि सकृय हुनुहुन्छ ।
लकडाउनको फुर्सदिलो समय सदपयोग गरेर बनाउनु भएको उहाको वेभसाईट फुडटेक नोट्स डट कम (foodtechnotes.com) अहिले विद्यार्थी बर्गमा मात्र नभएर अध्यापन गराइ रहेका, खाध्य सम्बन्धी बिभिन्न पेशामा संलग्न र खाध्य सम्बन्धी जानकारी राख्न राख्ने जोसुकै माझ अत्यन्त लोकप्रिय बन्न पुगेको छ । बिभिन्न देशबाट यस वेभसाईटका प्रयोग कर्ताहरुले साकारात्मक टिक्का टिप्पणी पठाउदा आफ्नो मेहनत खेर नगएको लाग्ने उहा बताउनु हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु