आर.बि.बुढाथोकी
रामेछाप । नुवाकोट जिल्ला ककनी गाउँपालिका–३ मा बुवा भुमिनन्द ढुंगाना र आमा पूर्ण कुमारी ढुंगानाको कोखबाट बि.सं.२०४९ मा जन्मनु भएका इन्जिनियर दामोदर ढुंगाना,३ दाजु र एक दिदी पछिका कान्छो छोरा हुनुहुन्छ । प्राथमिक तहको पढाई गाउँकै कालिका मा. वि. र माध्यमिक तहको स्वयम्भु मा. वि. बाट पुरा गर्नु भएको हो । प्लस टुको अध्ययन पश्चात सिभिल इन्जिनेयरिङ्ग पुरा गर्नासाथ देशमा महाभुकम्पका कारण क्षतिग्रस्त घरहरु सर्बेक्षणका लागि आफ्नै जिल्लाको बेलकोटगढी नगरपालिका अन्तर्गत कार्य गर्नु भयो र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नियुक्ति सगै रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ मा आफ्नो कर्म थलो बन्न पुग्यो । बिगत चार बर्षदेखि आवास पुर्ननिर्माण कार्यक्रममा आबद्द भएर काम गर्ने क्रममा स्थाननिय जनता र गाउँपालिका र जिल्लाबाट नै वाह–वाह कमानु भयो र सबैका प्रिय इन्जिनियर बनेर चिनिनु भयो । उहाँले गरेका प्राय सबै काम चित्त बुझ्दो र स्थानियको भावनालाई बुझेर काम गर्ने बानीका कारण २ बर्ष यता जिल्लाले उहाँलाई फोकल इन्जिनियरको रुपमा चुन्यो र यो जिम्मेवारिलाई उहाँले निष्पक्ष ढंगबाट न्यायचित रुपमा पुरा गरीरहनु भएको छ ।
स्थानिय तहमा समन्वयन गरेर त्यहाँ खटिएका घुम्ती डकर्मी, सामाजिक परिचालक र अन्य प्राबिधिकहरुलाई काम गर्न सहजीकरन गर्ने गराउने स्थानिय जन प्रतिनिधिहरुसँग छलफल र अन्तरकृया गरेर बिभिन्न वडामा बनेका घरहरुको निरीक्षण र अवलोकन गरी सुधार गर्न पर्ने भए सुझाब सल्लाह दिने जस्ता प्राबिधिक कामहरु उहाँका जिम्मेवारिमा पर्छन् । त्यसै गरी स्थानिय तहको प्रगती, समस्याहरु जिल्ला आयोजना कार्यन्वयन इकाइमा पेश गर्ने र त्यहाँ छलफल गरी निचोड निकाल्ने, प्राधिकरणको निर्देशन अनुसार बहे गरेका काम कारबाहीको आवश्यक अनुसार निरीक्षण जाँच तथा अनुगमन गर्ने गराउने, जोखिम वर्गमा पहिचान भएका लाभग्राहीहरु आर्थिक वा सामाजिक अवस्था पत्ता लगाई घर बनाउन नसक्ने लाभग्राहीको घुम्ती डकर्मी मार्फत पुर्ननिर्माणको काम गर्ने गराउने, पुर्ननिर्माणमा खटिएका गैरसरकारी सस्थाहरुसँग समन्वयन गर्ने र पुर्ननिर्माणमा प्रभावकारी बनाउने जस्ता यावत जिम्मेवारीहरु उहाँको काधमा छन् ।
इन्जिनियर ढुंगानाको नेतृत्वमा अहिलेसम्म खाँडादेवी ६ मकादुममा पुर्ननिर्माण र प्रवलिकरण गरी जम्मा लाभग्राही संख्या ६३३ पुगिसकेका छन् । पहिलो किस्ता पाएका र सम्झौता भएका लाभग्राही ६२३ पुगेका छन । दोस्रो किस्ता पाएका लाभग्राही ५६५ र तेस्रो किस्ता सिफारिस संख्या ५३५ पुगेका छन् । कसैलाई भेदभाव नराखी वास्तविकता बुझेर मर्का मै परेका सेवाग्राहीलाई प्राथमिकता दिएर काम गर्ने उहाँको शैलीका कारण अन्य स्थानको तुलनामा जनताका गुनासा कम नै छन जुन सबैले सरहानिया मानेका छन् । प्राधिकरणको मापदन्ड अनुसार वास्तविक पीडितको खोजी गर्नु, स्थानियको गुनासोलाई प्राबिधिक रुपमा चेक चाँज गरेर मात्र लाभग्राहीमा राख्नु, संरचना मापदन्ड अनुसार भए नभएको नियमित चेकजाँच गर्नु उहाँका काम गर्ने बिशेषता हुन जुन प्रभाबकारी ढंगबाट कार्यान्वयन पनि भएको सबैका सामु छर्लङ्ग छ । सकारात्मक सोच र आफ्नो पेशामा दक्षमा दक्षताका कारण उहाँलाई एक अपरिचित गाउमा गएर पनि काम गर्न कुनै कठिनाइ भएन । स्थानिय, प्राबिधिक, जन–प्रतिनिधी, गाउँपालिका, जिल्ला र प्राधिकरणसँग राम्रो समन्वयन भएका कारण यो स्थानको पुन निर्माण कार्य कुनै कठिनाई बिना नै करीब करीब अन्तिम चरनमा पुगेको छ । खाँडादेवी गाउँपालिकामा लाभग्राही संख्या ५३७१ घर, सझौता ५२२६, प्रथम किस्ता ५२१३, दोस्रो किस्ता ४९९५, तेश्रो किस्ता ४७२८ रहेका छन् ।