• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    कोरोनाको कहर, दशैं परम्पराको निरन्तरता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार ०९:१५

    विगत लामो समयदेखि विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) को कारण संसारभर मनोवैज्ञानिक त्रास फैलिएको छ । यसको कारण विश्वले ठूलो मात्रामा मानविय तथा आर्थिक क्षति वेहोर्न बाध्य भएको छ भने नेपालको अर्थतन्त्रमा पनि ठूलो धक्का पु¥याएको छ । आजसम्म यस रोगको कुनैपनि उपचार पद्धति पत्ता नलागेकाले यसबाट अझैपनि हुने क्षति कसैलेपनि पूर्वानुमान गर्न नसक्ने अवस्था छ ।
    नेपालमा यस रोगबाट हुने खतरालाई मध्य नजरगरि सरकारले लकडाउन, निषेधाज्ञा हुँदैं स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्ड बनाएर केहिहदसम्म यसको नियन्त्रण तथा जनजिवनलाई सहज बनाउन प्रयास गरिरहेको छ । सरकारले गरेको लकडाउन, निषेधाज्ञा लगायतका क्रियाकलापले आर्थिक गतिविधि ठप्प भइ जनजीवन भने थप कष्टकर बन्दै गएको छ । यतिवेला आम सर्वसाधारणले दैनिक जीवनयापन र साँझ–बिहानको हातमुख जोड्ने उपायको खोजीमा कसरी जुट्ने भन्ने समस्या देखापरेको छ ।
    त्यसो त नेपालीहरुको महान चाड बडा दशैं, तिहार, छठ लगायतका पर्वहरु एकपछि अर्को गर्दै सुरु हुँदैछन् । असोज महिनामा अधिक मास परेकोले यो वर्ष दशैं कात्र्तिक १ गतेबाट मात्र सुरु हुँदैं छ । दशैं नेपालीहरुको आपसी जमघट गरेर मनाउने एक महान पर्व हो । घरबाट टाढा रहेका विभिन्न रोजगारी, शिक्षा, व्यपार तथा व्यवसाय गरेर बसेकाहरु यातायातको साधनहरु चल्न सुरु भएसंगै गाउँ फर्किने लहर समेत चलेको छ । यसरी मानिसहरु गाउँ फर्किदा कोरोना संक्रमणको जोखिम भने अझ बढेर जाने प्रस्ट छ ।
    सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड, सामाजिक दुरी, अनिवार्य माक्स तथा बेलाबेला हातमा सेनिटाईजर र सम्भव भएसम्म बेलाबेला सावुन पानीले हात धुने कार्य अव कुनै नौलो विषय रहेन । तर काठमाण्डौं उपत्यका लगायतका क्षेत्रहरुमा बढ्दै गएको उच्च जोखिमलाई हेर्ने हो भने यो मापदण्डले खासै काम गर्न नसकेको प्रस्ट देखिन्छ । यसमा नागरिकहरुको आफैप्रतिको सावधानी पनि उतिकै जरुरी हुन्छ । दशैं मनाउने र आफन्तसंग भेटेर खुसी साट्ने सपना बोकेकाहरुले आफु सजग रहनुपनि उतिकै आवश्यक छ । आफुले तोकेको मापदण्ड पुरा नगरेको खण्डमा आफुमात्र नभएर पुरै परिवार र समाजलाई समेत असर गर्छ, हानी पु¥याउँछ भन्ने कुरामा सबैको ज्ञान जरुरी छ ।
    पहिले झैं दशैलाई भेटघाट, टिकाटाला तथा रमाईलो गरेर मनाउनुको साटो परम्परालाई धान्ने र संस्कृतिको जर्गेना गर्ने हिसावले मात्र मनाउने हो भने केहि हदसम्म सावधानी हुन सक्ने कुरामा दुईमत छैन । दशैंमा हुने पारिवारिक भेटघाटको बेलामा समेत भौतिक दुरी (सामाजिक दुरी), माक्स, सेनिटाईजर र स्वास्थ्य सम्बन्धी अन्य मापदण्डको सबैले पालना गरौं । र थला परेको अर्थतन्त्र र कष्टकर बन्दै गएको सामाजिक जनजीवनलाई विस्तारै माथी उकास्न सबैले हातेमालो गरौं
    अन्तमा, यस वर्षको दशैं परम्पराको निरन्तरता र संस्कृतिको जर्गेना हुने हिसावले मनाऔं । आफु असुरक्षीत क्षेत्रमा रहनु भएकाहरुले घरजान बल नगरौं र घरमा हुनेले पनि यो वर्ष आएन भनेर मन खल्लो नपारौं । हामी स्वस्थ रहे पो जीवन रहन्छ । हामी रहे पो परिवार र चाडपर्व पनि रहन्छन् । त्यसैले कोरोनासंग जुध्दै आफुपनि स्वस्थ रहुँ, अरुलाई पनि स्वस्थ रहन सहयोग गरौ ।
    आफुपनि बाँचाै र अरुलाई पनि बचाऔं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु