फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सीकोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्पआफू नि बचौं अरुलाई पनि बचाऔं२०७८ वैशाख २७ गते, साेमवार हेर्नुस् आजको राशिफलपत्रकारलाई स्वास्थ्य समाग्री एव खाद्यान्न सहयोग:पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टिनेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्नेनेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्रीटान द्वारा पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजनासामाजिक अभियान्ता ताराकुमारी खत्री रोकायालाई पति शोक
  • खाँडादेवीको एकीकृत नमुना बस्ती अन्तिम चरणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १४:२६

    सबिन घिसिङ

    रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नंं. ३ दाप्खाको एकीकृत नमुना कृषि पर्यटन माझी वस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    वागमती प्रदेश सरकारका कृषि तथा भुमि ब्यबस्था मन्त्री दावा दोर्जे लामा लगायतले सोमबार अनुगमन गर्दै दसै लगतै हस्तान्तरण गर्ने तयारीमा रहेको बताएका छन् ।

    मन्त्री लामाले निर्माण कार्य समयावधि भित्रै सकिने र उद्देश्य अनुरुप बस्ती उपभोक्ताहरु लाभान्वित हुनेमा आफू बिस्वस्त रहेको भन्दै माझी समुदायको आय आर्जन बृद्वि गर्न थप कार्यक्रमहरु ल्याउने उद्घोष समेत गरे ।

    प्रदेश सरकारको १ करोड ५० लाख र पालिकाद्वारा ७५ लाख गरि कुल २ करोड २५ लाख लागतमा यसको निर्माण सप्पन्न हुन लागेको पालिका प्रबक्ता तथा वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्कीले जानकारी गराए।
    अवलोकन कार्यक्रममा वागमती प्रदेशका सांसद शान्ती पौडेल, प्रदीप कटुवाल, राजन दाहाल, बिनोद खड्का तथा केन्द्रीय भुमि ब्यबस्था आयोगका सदस्य केशव देवकोटा, पालिका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ लगायतका स्थानीय जनप्रतिनिधि र विशिष्ट ब्यक्तित्वहरुको सहभागी रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु