दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोडल सङ्गस अवार्ड- २०२०’ को आवेदन खुला, फारम निशुल्क

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ५ गते, बुधबार २०:४६

काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ।

कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो ।

अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए ।

‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्दै सिमित मानिसहरुको उपस्थिती माझ कार्यक्रम गर्न लागिएको हो, यदि अवस्था प्रतिकुल देख्यौ भने कार्यक्रम हेरफेर हुन सक्छ’ अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताएका छन् ।

त्यसैगरि, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशः राज लुइटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई ब्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।

नेपाली कला,संस्कृतीको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढने आशा लिएको राजपुतले बताए ।

राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्गस नेपालले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको छ। यस अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” र विश्वको सातौ आश्चर्यमध्यको एक इजिप्टको पिरामिड शहर कायरोमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९”को भव्य समापन पश्चात नेपालमा “मोडल सङ्ग्स अवार्ड, २०२०” को आयोजना गर्न लागिएको हो ।

https://bit.ly/3kdwTav

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु