पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

चाडपर्व मानौ तर शाकाहारी भएर – सेफ भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते, बिहीबार ०४:४६

काठमाडौं ।अहिले त झन कोभिड को माहामरी ईम्युनिटी का कुरा गर्दा शाकाहारी रहनु नै सबल पक्ष छ “त्यसै ले नै शाकाहारी मा पाचन शक्ति बडी हुन्छ ।

चाड पर्व मनाउन मासुजन्य परिकार खानै पर्छ भन्ने पनि त छैन नि ।
आज को दुनिया लाई यसो हेरौ त भेगानको बढ्दो संख्याले के सुझबुझ दिन्छ भने माछा मासु खाएर मात्र आधुनिक र स्वास्थ्य भइदैन ! हामी प्रोटिन का कुरा गर्छौ शरीर विकास को लागि !के साकाहारी ले प्रोटिन नै पाउन सक्दैनन् ?
अवश्य त्यो होइन !चना,भटमास,केराउ,बोडी सिमीलगायत दलहन प्रोटिनका राम्रा स्रोत हुन् । एक सय ग्राम भटमासमा ४२-४३ ग्राम प्रोटिन पाइन्छ। जो कि मटन मा २३-२६ ग्राम मात्र हुन्छ !आफै बुझ्नुहोस् !जब कि रायो को सग मा पनि ५-६ ग्राम हुन्छ आइरन का त कुरै नगरौ जो हाम्रो रैथाने चुल्हो मा कहिल्लै नछुट्ने तरकारी हो।

हाम्रो थाल को दाल-भात खाँदा शरीरलाई कार्बाेहाइड्रेट,प्रोटिनका साथै अन्य पोषकतत्त्व दिएको हुन्छ । माछामा पाइने ओमेगा-३ आलसमा पर्याप्त मात्रमा पाइन्छ जो माछाको विकल्प को रुप मा खान सकिन्छ। मांसाहारीले प्राप्त गर्ने तिनै लौह तत्त्व आइरन शाकाहारीले पालुंगोको साग,दाल,तरकारी जो फलामको भाँडामा पकाएर खाँदाका त कुरै नगरौ जो हाम्रो चलन चल्ती हो तरकारी बनाउने फलामको ताप्के या कडाई ।

एक स्वास्थ व्यक्तिलाई उसको तौल जति हुन्छ, त्यति ग्राम प्रोटिन भोजनबाट प्राप्त हुनुपर्छ भन्ने मान्यता छ । जसमा धेरै मेहेनेत गर्ने खेलाडी,गर्भवती महिला तथा केटा केटी लाई केहि धेरै मात्र चाहिन्छ।
प्रत्येक ठाउँमा आफ्नो भूगोल, संस्कृति, हावापानी र वनस्पति अनुसारको भोजन हुन्छ तेसैले हामी खाडी मुलुक,तिब्बत को पठार का बासिन्दा लाई शाकाहारी हुनु पर्छ भन्नु पनि अतियुक्ति नहोला किन कि भागमा वनस्पति कम उब्जने र भेडा पालेर जीवन धान्नु पर्ने हुन्छ !
तर हाम्रो भूगोल अनेक थरि का फलफुल सागपात अन्न बलि पैदा गर्ने खाल को छ र पैदा पनि भइ रहन्छ । तेसैले हामी प्राकृतिक उन्मुख पनि हुनु पर्छ।
शाकाहारी भोजनमा पर्याप्त मात्रामा पाइने रेसादार पदार्थ ले कब्जियतको (ग्यास्ट्रिक) समस्या हुदैन ।दाल लाई मेथी जिरा ज्वानो ले झान्नुहोस कब्जियत चट हुन्छ ।दाललाई एक राती भिजाएर या टुसा उमारेर पकाउदा सस्तोमा सन्तुलित खुराक प्राप्त गर्न सकिन्छ किन कि टुसामा भिटामिन र खनिज पाइन्छ जो पौष्टिक दृष्टिले निकै उपयोगी हुन्छ!जसले रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ ।

माछा मासु खाने हरु भन्दा धेरै साकाहारी खान खाने मानिस स्वास्थ्यकर हुन्छन । शाकाहारी भोजनबाट प्राप्त हुने कार्बोहाइड्रेट,प्रोटिन, मिनरल्स,फ्याट र भिटामिन मानव स्वास्थ्यका लागि निकै हितकर मानिन्छ । त्यति मात्र होइन मांसाहारीको तुलनामा शाकाहारीको आयु बढी हुन्छ साथै मुटुजन्य रोगको खतरा पनि २० वर्ष पछि सर्छ । अमेरिकी डाइटेटिक एसोसिएसनको निष्कर्ष छ कि हृदय रोग,मधुमेह,असन्तुलित रक्तचाप,खराब कोलेस्ट्रोल,प्रोस्टेट,क्यान्सर तथा अनियन्त्रित मोटोपनजस्ता प्राणघातक समस्या मांसाहारीको तुलनामा शाकाहारीमा अत्यन्त न्यून रहन्छ ।
आउनुहोस् अव भेजिटेरियन नेपाल को पहिचान को साथै भेजिटेरियन क्लब,गो भेगन,गो गि्रन,जस्टिस फर एनिमल,भेज ह्याप्पिनेस जस्ता संसार का ठुला ठुलाभेजिटेरियन अभियेंता हरु को टुरिस्ट जमघट हुने ठाउँ नेपाललाई बनाऊ!
साकाहारी नेपाली थाली र ढिडो ,केरा या भेजिटेबल को मोमो
रिकी कुर,रिकीढो,बटुक,किनेमा,रिल्दुक,फ़डो या खोले तावे रोटि र टिमुर गोलभेडा को चट्नी,दुध दहि महि र नौनी,छ्यांग,तोंग्बा, वासा जस्ता नेपाली रैथाने खाना मात्रै पस्कौ !
तब मात्र हामी समृद्धि तिर उन्मुख हुन सकिन्छ ।

लेखक:
लक्ष्मण प्रसाद भण्डारी
(ग्लोबल नेप्लिज सेफ फेडेरेशन का कार्यकारी प्रमुख हुनुहुन्छ)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु