• समर्पण सार्वजनिक बिजय लक्ष्मीको चर्चा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १७:३३

    सबिन घिसिङ

     

    युएईमा बस्दै आएका समाजिक अभियानता , आरजे तथा मोडल बिजय लक्ष्मी राई द्वारा अभिनित समर्पण नामक मियुजिक भिडियो सार्वजनिक भएको छ ।
    उक्त गीत गायिका कला राईको “लुक्स एल्बम “को हो भने गीतलाई लामो समय बाट लन्डनमा बस्दै आएका मुकेश राईले लेखेका हुन् । यस गीतमा गायक तथा संगीतकार सुनिल गिरीको संगीत सुन्न सकिन्छ। बिजय लक्ष्मी राइ र भुबन थापा मगरको रोमान्चकारी अभिनय रहेको भिडियोमा निरोज लामा र भेष बन्दु ढकालको छायांकन,निरोज लामाकै सम्पादनमा तिलक साम्पङ किराँतीले निर्देशन गरेका हुन् । भिडियोमा एउटा सत्य प्रेमको भावनलाई काल्पनिक रुपमा उतारेको देखिन्छ । लोक आधुनिक र मिठो स्वादको गीतलाई
    युएई र ओमनको बोडर Hatta Dam सम्मको बिभिन रमणीय स्थालहरुको छायांकनले थप रौनक र सार्थक बनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु