• बितेको २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १८:०२

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

    देशभरका प्रयोगशालामा १५ हजार २२५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज देशभर ४४ हजार ८७७ जना संक्रिय संक्रमित छन् ।
    यसैगरी, पछिल्लो २४ घण्टामा मात्र ३ हजार २१५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८३० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु