खाँडादेवीमा ५ शैयाको अस्पतालको उदघाटन स्थानीय आशावादी ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते, बिहीबार १९:१९

सबिन घिसिङ

रामेछाप । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वार्ड नं.५ पकरबासमा ५ शैयाको अस्पताल उद्घाटन भएको छ।
एक गाउँपालिका एक अस्पताल कार्यक्रम अन्तर्गत निर्माण भएको यो अस्पताल बिहीवार एक कार्यक्रमका बीच पालिका अध्यक्ष प्रेम बहादुर तामाङले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले
हाललाई सुलीथूम्का, गोगनपानीमा अस्पतालको भवन निर्माणधिन रहेकोले पकरवास स्वास्थ्य चौकी रहेको भवनमा अस्पताल रहने र चाडै अस्पताललाई एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गर्ने बताए ।

अस्पतालमा एक एम बि बि एस डाक्टर र दुई परिचारिका स्टाफ नर्स रहने छन् । हाल एम बि बि एस डाक्टरको रुपमा आएका डा. भानु श्रेष्ठले काठमाडौ उपत्यका सम्म जानुपर्ने जटिल समस्या बाहेक सबै सेवा खाँडादेवी अस्पतालले नै दिने बताउनु भयो ।


साथै जिल्लाको अस्पतालमा पाउने सेवा सुविधा आम स्थानीय नागरीकले गाउँपालिकामै पाउँदा आफूलाई खूसी लागेको उपाध्यक्ष मखमली श्रेष्ठले बताए भने सुलीथूम्का, गोगनपानीमा निर्माणाधीन अस्पताल आगामी आर्थिक बर्ष भित्र पूरा हुने बित्तिकै नयाँ भवनमा सार्ने गरि हाललाई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर छ का अध्यक्ष पुष्कर कार्कीले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु