दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छोरी सरानाको लागि मदनकृष्ण श्रेष्ठको ‘एक तर्फी माया’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ८ गते, शनिबार ६:०१

काठमाडौं, ०८ कार्तिक – मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको भिडियो कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।
कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको मदनकृष्ण श्रेष्ठले बताएका छन्। हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको निर्माण पक्षको दाबी छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन ।

माया भन्नासाथ स्विकार गरिहाल्नु पर्छ, पाईहाल्न पर्छ भन्ने मनशाय भएकाहरुलाई यस गीतले सकारात्मक सन्देश दिने निर्देशक एवम् गायिका सारिका श्रेष्ठले बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु