• बुटवलका १० बर्षिय निश्चल दुईदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनकाे अपील

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १०:२७

    बुटवल- बुटवलका एक बालक दुईदिनदेखि बेपत्ता भएका छन् । बुटवल ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर माविको खेल मैदानमा गएको र घर नफर्केको आमा राधा तिवारीले बताईन् ।

    ‘घरबाट खेल्न भनेर साथीहरूसंग गएकाे हाे,हिजाे नफर्केपछि हामी निकै चिन्तामा छाैं,रातभर खाेज्याैँ कही फेला परेन’-राधाले भनिन् ।

    बालक बेपत्ता भएपछि परिवारजनमा दशैँकाे मुखमा चिन्ता थपिएकाे छ । बुटवल प्रहरीले खोजिकार्य जारि राखेको जनाएको छ  । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन्। खाेजी गरिदिन परिवारजनले अपील गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु