काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

मायाँ त यहि होनी सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ९ गते, आईतवार १८:२२

सबिन घिसिङ

काठमाडौं ।मायाँ त यहि होनी बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार ज्ञान घिसिङ र निर्मला घिसिङको सुमधुर आवाजमा रेकर्ड भएको गीतको शब्द रचना र संगीत गायक घिसिङको आफ्नै रहेको छ भने टेकेन्द्र याक्शोको कलात्मक संगीत संयोजनले गीत मिठासपूर्ण बनेको छ।
भिने भिमफेदीको नृत्य निर्देशन,पवन सुश्लिङको छायांकन र सम्पादनमा भिडियोलाई मिथुन लामा र बिशान दोङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । निर्जरा घिसिङ, नान्सी घिसिङ र सुकु घिसिङको संयुक्त लगानीमा बनेको यस म्युजिक भिडियोमा बहु चर्चित कलाकार बुद्धि तामाङ, निरान्जली लामा, इरान्जली लामा र कुन्साङ तामाङ बीचको ठट्यौली तर प्रेमील भावमा उत्कृष्ट अभिनय देख्न पाइन्छ।

लोक आधुनिक धारको यस म्युजिक भिडियोमा शब्द अनुसारको संगीत गीतअनुसारको पात्र र परिवेशचयनका साथै अनुभवी प्राबिधिक तथा कलाकारहरुहरुको समिश्रण रहेकोले समग्रमा यो सिर्जना राम्रो बनेको छ। बाल्यकाल देखिनै संगीतमा चासो राख्ने गायक तथा संगीतकार घिसिङ यस गीत सार्वजनिक भए लगतै सबैको बधाई तथा प्रशंसा बटुली रहेका छन् ।हाल अमेरिका रहेपनी उनले संगीत सिर्जनामा निरन्तरता दिइरहेका छन् ।

उनको यस अघिका सितल चौतारी,गोरो गोरो, जुन तारा लगायतका गीतहरु बजारमा लोकप्रिय बनिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु