• नवलपरासी पश्चिमको टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको हत्या

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार १०:०१

    बुटवल – नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको हो । पुजारी सोही गाउँ बस्दै आएका थिए ।

    पुजारीको घरेलु हतियार हसियाले प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा पुजारी केवट मृत अवस्थामा फेला परेका थिए ।

    एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारी मृत अवस्थामा देखी स्थानीय प्रहरीलाई खबर गरेका थिए । पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भनेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु