• चन्द्रपुरमा तेक्वान्डो खेलाडीको ग्रेडिङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार २०:०१

    रौतहट १२ कार्तिक।
    चन्द्रनिगाहपुर तेक्वान्डो डोजाङ्ग को आयोजनामा तेक्वान्डो खेलाडीहरु लाई बेल्ड प्रोमोशन गरिएको छ।
    रौतहटको चन्द्रपुर ६ मा २२ जना खेलाडीहरुलाइ ग्रेडीङ गरि बेल्ड र प्रमाण पत्र बितरण गरिएको चन्द्रनिगाहपुर तेक्वान्डो डोजाङ्गका प्रशिक्षक केशव खड्काले जानकारी दिएका छन ।
    कार्यक्रममा चन्द्रपुर ६ वडा का सदस्य तथा बारा जिल्लाका अन्तराष्टिय तेक्वान्डो रेफ्री दिपशिङ्ग लामा , अन्तराष्टिय तेक्वान्डो कोच हेमलाल श्रेष्ठ , प्रदेश २ का बरिष्ठ तेक्वान्डो प्रशिक्षक बिजय शाह ठकुरी को उपस्थिति रहेको थियो ।
    कार्यक्रमका अतिथीहरुले प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरुको उज्वल भविष्यको लागि बधाइ तथा शुभ कामना दिएका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु