• २०७७ साल कार्तिक१३ गते बिहिवार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०५:३६

    आज – १३ कार्तिक २०७७ बिहिवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मित्रताको बन्धन कसिनुका रमाउने समय छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    विश्वास गरेकाले साथ दिनेछन् । राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    चिन्ता छाडेर चिन्तन गर्ने समयछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज समाजसेवाका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । रोमाञ्चक यात्रा होला ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु